नेपाल मगर भूतपपूर्व सैनिक तथा प्रहरी संघको अध्यक्षमा हस्त बहादुर थापा
नेपाल मगर भूतपपूर्व सैनिक तथा प्रहरी संघ, केन्द्रीय समितिको ५ औं महाधिवेशनबाट हस्त बहादुर थापा मगरको अध्यक्षतामा १७ कार्य समिति सर्वसहमत रुपमा चयन भएको छ ।
पोखरामा भएको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा क्यप्टेन भिम वहादुर राना मगर, उपाध्यक्ष गौमती थापा मगर, महासचिव क्याप्टेन मन बहादुर थापा मगर, सचिवमा सुर्य बहादुर थापा मगर, कोषाध्यक्षमा केशरी थापा मगर, सह –कोषाध्यक्षमा इन्द्र बहादुर मास्की मगर चयन हुनुभएको छ ।

सदस्यहरुमा मन बहादुर पुन मगर, लिल बहादुर थापा मगर, ज्योतिराम थापा मगर, क्याप्टेन लाल बहादुर थापा मगर, भिम बहादुर दर्लामी मगर, मान बहादुर रजाली मगर र टकविर घर्ती मगर रहनुभएको छ ।
कार्यक्रमको उद्घटन सत्रमा बोल्नुहुँदै प्रमुख अतिथि संघिय सभा सदस्य खम बहादुर गर्बुजा (खमबिर) ले मगर भएर जन्मनु नै गौरबको कुरा भएको बताउँदै, सबै मगरहरु फुटेर हैन जुटेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले मगरहरुलाई एकता गराउनका लागि मगर संघ, पुन मगर समाज र पुन समाजसग भेटेर छलफल गरिएको जानकारी दिनुभयो । संघले गर्दै आएको काम सह्राहनीय भएको र मगर एकतामा समेत थप सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उहाले आफु आर्मीमा आबद्ध भएको समयदेखि नै नेपालको विकासप्रति चिन्ता भएको र हरेस नखाएकै कारण ४ पटकमा सांसद हुने अवसर पाएको उदाहरण समेत दिनुहुदै, हरेस खन नहुने बताउनुभयो ।
कार्यक्रममा बिशेष अतिथि पुर्ब बरिस्ठ उपाध्यक्ष क्या देउ बहादुर राना मगर, केन्द्रिय सल्लाहकार मे. श्री थापा मगर, बागमति प्रदेशका अध्यक्ष गणेश बहादुर थापा मगर, गण्डकी प्रदेशका अध्यक्ष सु. मे अनेरी क्याप्टेन डोल मस्राङी मगर, लुम्बिनी प्रदेशका अध्यक्ष सु. टेक बहादुर थापा मगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीका कोषाध्यक्ष क्या. भक्त बहादुर पुन मगर लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाल मगर भूतपपूर्व सैनिक तथा प्रहरी संघ, केन्द्रीय समितिका निवर्तमान अध्यक्ष हुम बहादुर पचभैया मगरको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव क्या. भिम बहादुर राना मगरले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38