तमु धीं यूकेको टोली रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाड्दै
नेपाल । बाढीपहिरोबाट प्रभावित रसुवाका परिवारलाई राहत वितरण गर्न तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा टोली बुधबार रसुवा पुगेको छ ।
टोलीले भाटभटेनी सुपरमार्केटबाट आवश्यक राहत सामग्री खरिद गरी प्रभावित क्षेत्रतर्फ लागेको हो । टोलीमा तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ सहभागी छन् । टोलीसँगै व्यवसायी विजय गुरुङ र पत्रकार डण्ड गुरुङ पनि गएका छन् ।

तमु धीं यूकेले बाढीपहिरो प्रभावितका लागि संकलन गरेको रकममध्ये मंगलबार १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेको छ । बाँकी रकमबाट करिब २५ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी गरिएको सचिव विमल गुरुङले बताए ।
ध्यक्ष जुमकाजी गुरुङका अनुसार रसुवाका ३ सय ८ परिवारलाई राहत सामग्री वितरण गर्ने तयारी छ । राहतका लागि नेपाली मेलाबाट बचत भएको रकम, संस्थागत सहयोग, च्यारिटी ट्रेल वाक, आमा समूह, विभिन्न इकाई तथा व्यक्तिगत सहयोगबाट रकम संकलन गरिएको तमु धीं यूकेले जनाएको छ ।
आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38