ताजा खबर

रातिको समयमा पनि राहत वितरणमा खटिदै तमू धिं यु.के. टोली

   9:23 pm Wednesday, September 23, 2026     

पोखरा । तमु धीं युकेको टोली रातीको समयमा पनि राहत वितरणमा खटिएको छ । बुधबार बिहानै विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले भाटभटेनी सुपरमार्केटबाट आवश्यक राहत सामग्री खरिद गरी बाढी प्रभावित क्षेत्रमा पुगेको टोली रातमा पनि राहत वितरणमा खटिएको हो । 

बाढी प्रभावितको दुख देखेर मन थाम्न नसकेको तमु धीं युकेको टोली उनीहरुको दुखमा छिटोभन्दा छिटो सहयोग पुर्‍याउने उद्देश्यले रातको समयमा पनि राहत वितरण गरिएको तमु धीं यूकेले जनाएको छ । टोलीले रसुवाको उत्तरगया गाउँपालिका–९ का बाढी तथा पहिरो प्रभावित ३० परिवारलाई राहत सामग्री वितरण गरेको छ।

तमु धीं युकेको टोलीले विपद्बाट प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराएको हो। विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले भाटभटेनी सुपरमार्केटबाट आवश्यक राहत सामग्री खरिद गरी टोली रसुवा पुगेको थियो।

राति अबेरसम्म पनि राहत वितरणलाई निरन्तरता दिँदै टोलीले उत्तरगया गाउँपालिका–९ का ३० प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको हो। प्रभावित परिवारलाई आवश्यक सामग्री हस्तान्तरण गर्दै तमु धीं युकेले विपद्मा परेका नागरिकप्रति आफ्नो सहयोग र ऐक्यबद्धता जनाएको छ।

राहत वितरण टोलीमा तमु धीं युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङलगायत सहभागी छन् । टोलीसँगै व्यवसायी विजय गुरुङ र पत्रकार डण्ड गुरुङ पनि रसुवा पुगेका छन् ।
 

आजको खबर

गुरुङ साहित्यिक मञ्च नेपालको चौथो अधिवेशनले रोशनी (रोश्मी) गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मिश्रामाया गुरुङ, उपाध्यक्षमा आश गुरुङ, महासचिवमा सम्राट

अझै पढ्नुहोस्

पोखरा । तमु धीं युकेको टोली रातीको समयमा पनि राहत वितरणमा खटिएको छ । बुधबार बिहानै विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले भाटभटेनी सुपरमार्केटबाट आवश्यक

अझै पढ्नुहोस्

पोखरा । संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक उडान सुरु गरेको छ । १ सय १३ यात्रु बोकेर दुबई

अझै पढ्नुहोस्

नेपाल । बाढीपहिरोबाट प्रभावित रसुवाका परिवारलाई राहत वितरण गर्न तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा टोली बुधबार रसुवा पुगेको छ । टोलीले भाटभटेनी सुपरमार्केटबाट

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284