ताजा खबर

तमु धीं यूकेको टोली रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाड्दै

   9:02 pm Wednesday, September 23, 2026     

नेपाल । बाढीपहिरोबाट प्रभावित रसुवाका परिवारलाई राहत वितरण गर्न तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा टोली बुधबार रसुवा पुगेको छ ।

टोलीले भाटभटेनी सुपरमार्केटबाट आवश्यक राहत सामग्री खरिद गरी प्रभावित क्षेत्रतर्फ लागेको हो । टोलीमा तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ सहभागी छन् । टोलीसँगै व्यवसायी विजय गुरुङ र पत्रकार डण्ड गुरुङ पनि गएका छन् ।

तमु धीं यूकेले बाढीपहिरो प्रभावितका लागि संकलन गरेको रकममध्ये मंगलबार १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेको छ । बाँकी रकमबाट करिब २५ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी गरिएको सचिव विमल गुरुङले बताए ।

ध्यक्ष जुमकाजी गुरुङका अनुसार रसुवाका ३ सय ८ परिवारलाई राहत सामग्री वितरण गर्ने तयारी छ । राहतका लागि नेपाली मेलाबाट बचत भएको रकम, संस्थागत सहयोग, च्यारिटी ट्रेल वाक, आमा समूह, विभिन्न इकाई तथा व्यक्तिगत सहयोगबाट रकम संकलन गरिएको तमु धीं यूकेले जनाएको छ ।

आजको खबर

गुरुङ साहित्यिक मञ्च नेपालको चौथो अधिवेशनले रोशनी (रोश्मी) गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मिश्रामाया गुरुङ, उपाध्यक्षमा आश गुरुङ, महासचिवमा सम्राट

अझै पढ्नुहोस्

पोखरा । तमु धीं युकेको टोली रातीको समयमा पनि राहत वितरणमा खटिएको छ । बुधबार बिहानै विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले भाटभटेनी सुपरमार्केटबाट आवश्यक

अझै पढ्नुहोस्

पोखरा । संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक उडान सुरु गरेको छ । १ सय १३ यात्रु बोकेर दुबई

अझै पढ्नुहोस्

नेपाल । बाढीपहिरोबाट प्रभावित रसुवाका परिवारलाई राहत वितरण गर्न तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा टोली बुधबार रसुवा पुगेको छ । टोलीले भाटभटेनी सुपरमार्केटबाट

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284