ताजा खबर

लेखनाथ महोत्सवमा थामिनसक्नु दर्शकको चाप

   8:56 pm Saturday, December 29, 2018     

महोत्सव समापन हुन दुई दिन बाकी रहँदा कास्कीको लेखनाथमा जारी १५ औं लेखनाथ महोत्सवमा शनिवार थामी नसक्नु दर्शकको भीड लागेको छ । मध्यान्ह देखि महोत्सव स्थलमा दर्शकको चाप बढेपछि आयोजकहरुलाई ब्यवस्थापन गर्न हम्मेहम्मे परेको देखिन्थ्यो भने आयोजहरुले थप टिकट काउण्टरको ब्यवस्थापन गर्दै हात हातमा टिकट लिएर आफै टिकट विक्रीका लागी खटेका थिए ।
महोत्सवको १० औं दिन शनिवार परेकोले स्कुले विद्यार्थीहरु अभिभावक सहित आउनेको बाक्लो उपस्थितिले महोत्सव स्थलमा अन्य दिनको तुलनामा दर्शकको चाप बढेको हो ।

शनिवार विभिन्न काउण्टरबाट विक्रि भएका टिकट समेत गरी करीव ५० हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म तीन लाख बढी दर्शकले मेलाको अवलोकन गरिसकेका आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका महासचिव भरतकुमार अधिकारीको दावी रहेको छ ।
दर्शकको चाप सगसगै आर्थिक कारोवारमा पनि बृद्धि भई शनिवार मात्र दुई करोड पचास लाख बरावरको आर्थिक कारोवार भएको र हालसम्म करिव १५ करोड वरावरको कारोवर भईसकेको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन् ।

महोत्सवको थप आकर्षणका रुपमा रहेको विद्यालय स्तरिय एकल नृत्य प्रतियोगितामा फाईनलका लागि छनोट भएका नौ प्रतिस्पर्धी मध्ये बालप्रभात बोडिङ स्कुलकी बर्षा क्षेत्रीले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् भने जुनियर सिटिजन्स्की समृद्धि पाण्डे द्धितीय, डायमण्ड मा.वि. की सिमरन गुरुङ तृतिय, युनिभर्स बोडिङ स्कुलकी प्रिती गुरुङ र डायमण्ड मोडेलकी मेरिजन गुरुङ सान्त्वना भएको प्रतियोगिताका संयोजक उपेन्द्रराज सुवेदीले जानकारी दिएका छन् ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284