ताजा खबर

युट्युबमार्फत चरित्र हत्या गरेका पौडेल प्रहरी थुनामा

   9:48 am Friday, March 22, 2019     

होली खेल्ने क्रममा पोखराको लेकसाइडमा अचानक बिरामी भई ढलेकी किशोरीलाई रक्सी खाएर हंगामा भन्दै दुष्प्रचार गर्ने सुजन पौडेललाई प्रहरीकोमा बुझाइएको छ । तनहुँ शुक्लागण्डकी घर भई पोखरा लेकसाईड बस्ने पौडेल पोखराको एक टेलिभिजनमा समेत कार्यरत छन् । उनले बुधबार आफ्नै युट्युब च्यानल ईनसाइड नेपाल न्यूज टिभी (२ लाख ९ हजार सब्स्क्राइब) मार्फत पोखरामा होलिसंगै युवतीलाई रक्सी लागेपछि बीच बाटोमा लडीबुडी खेलेर गरिन हंगामा शीर्षक राखेर १० मिनेट ८ सेकेण्डको भिडियो अपलोड गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन निवासी १७ वर्षीया सञ्चिता क्षेत्री आफ्नी दिदीबहिनीसँगै लेकसाइडमा होली मनाउन गएकी थिईन् । सडकमा हिँडिरहँदा एक्कासी घाँटीको नशा सड्केर उनी हिँड्न सकिनन् । दिदीबहिनीको सहायतामा ट्याक्सीसम्म लगी फेवा सिटी हस्पिटल पु¥याइएको थियो । यसैबीचमा पौडेलले आफ्नो क्यामेरामार्फत भिडियो रेकर्ड गरिसकेका रहेछन् । आफ्नो युट्युब च्यानलबाट उनले मनगढन्ते शीर्षक राखेर भिडियो सार्वजनिक गरे ।

तत्काल किशोरीका दाजु सन्देश क्षेत्रीले युट्युब च्यानल र सबैभन्दा पहिले समाचार भन्दै प्रकाशित गर्ने नालापानी डटकम फेक न्यूज ब्लग विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका थिए । विहीबार मध्यान्हदेखि उनी कास्की प्रहरी नियन्त्रणमा छन् । बुधबार साँझ नै ३४ हजार भ्यूज गइसकेको भिडियो उनले डिलिट गरेका छन् । त्यसभन्दा अघि शीर्षक परिवर्तन गरेका थिए । पौडेल मार्फत नै धेरै वेबसाईटमा पुगिसकेकाले उनको नियन्त्रणमा रहेन र केही छिनमै भाइरल बन्न पुगेको थियो ।

प्रहरीसामु सुजनले आफूले अक्षम्य गल्ती गरेको महसुस गर्दै यस्तो गल्ती नदोहो¥याउने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ समेत जिल्ला प्रहरी कार्यालयमा बुझ्न पुगेका थिए । आधिकारिक मिडिया नभएको र पत्रकार महासंघमा आबद्धता समेत नरहेकाले यस विषयमा आफू बोल्न नमिल्ने भएकाले पीडित र युट्युब सञ्चालकबीच मिलेर जाँदा राम्रो भन्दै उनी बाहिरिए । तर पीडित पक्षसँग सहमति नजुटेपछि पौडेल प्रहरी हिरासतमै छन् ।

सबैभन्दा पहिले फेक न्युज प्रकाशित गर्ने नालापानी डटकम विरुद्ध पनि उजुरी परेको छ । अनाधिकृत रुपमा लुकेर चलाइएको सो साईटका सम्पूर्ण जानकारी कास्की प्रहरीले लिएको छ । सो वेबसाइट सञ्चालकका दुई फेसबुक पेज पोखरा अनलाइन र पोखरा दैनिक पनि निगरानीमा रहेको प्रहरीले जनाएको छ । सम्पर्कमा नआएको खण्डमा केन्द्रिय तबरबाट अनुसन्धान हुने जनाइएको छ ।

अब चरित्र हत्याको क्षतिपूर्ति कसरी हुन्छ ?
पीडित किशोरी विहीबार फेवा सिटी हस्पिटलबाट डिस्चार्ज भएकी छिन् । उनले आफू शारीरिक रुपमा भन्दा मानसिक रुपमा विक्षिप्त भएको सुनाउँदै आफन्तहरुबाट नराम्रो प्रतिक्रिया आइरहेको गुनासो गरिन् । ‘म दिदीहरुसँग गएको हुँ । एक्कासी घाँटीमा नशा बाउँडियो । म खुट्टा टेक्न सकिनँ । दिदीहरुले नै टाढा ट्याक्सीसम्म पु¥याउनुभयो ।’ उनले भनिन् – ‘म हस्पिटलमा थिएँ । साथीहरुले भिडियो र समाचारहरु पठाए, एकपछि अर्को गरी सोधीखोजी भयो । मेरो चरित्र हत्या भएको छ । मेरो बेईज्जतिको क्षतिपूर्ति कसरी हुन्छ ?’

सञ्चिताका दाजु सन्देशले कानुनी दायरामा आउन नसकेका अनाधिकृत युट्युबहरुले भ्रम छरेर यसरी बेईज्जती गर्ने काम गरेको सुनाए । अरुलाई पाठ सिकाउन र आफूहरुलाई जस्तो अरुलाई नपरोस् भन्नका लागि पनि कानुनी दायरामा ल्याउनुको विकल्प नभएको बताए ।

विभिन्न वेबसाइट र फेसबुक पेज निगरानीमा

पौडेलले भिडियो अपलोड गरेपछि अतिरञ्जित तबरले शीर्षक राखेर अफवाह फैलाउने लाखौं पेज सञ्चालकको ईमेलमा समेत फरवार्ड गरेका थिए ।

ताजाखबर (३१ लाख ६५ हजार), साझा पेज (३४ लाख ५३ हजार), ओएस नेपाल (५३ लाख ५४ हजार) बाट कुनै पुष्टि विना नै जस्ताको तस्तै भिडियो सहित समाचारहरु पोष्ट भएका थिए । शेयर भएका अहिले सबै पेजहरु प्रहरीको निगरानीमा छन् । यद्यपी, पौडेलकै अनुरोधमा पेजहरु २४ घण्टाभित्र नै समाचार डिलिट गरेका छन् ।

दुवै पक्षलाई फाईदा हुने भएकाले युट्युब सञ्चालक र मनलाग्दी लिन्क (नाम अनुसारको पोष्ट हुने ठूला पेजका सञ्चालकहरुबीच मिलेमतो हुने गर्दछ । फेसबुक इन्स्टान्टबाट पेज सञ्चालकले डलर कमाउँछन् भने सोहि न्यूजमा भिडियो इम्बेडिङ हुने भएकाले भिडियोमा भ्यूज बढ्छ र युट्युबरलाई पनि फाईदा पुग्दछ । त्यसैकारण, युट्युबेहरु र लाखौं लाईक बटुलेका पेजका एडमिनहरु यसरी मिलेमतोमा शेयर गर्दै आएका छन् ।

‘आपसी सहमति नभए कानुनी प्रक्रिया अनुसार अघि बढ्छ’स् प्रहरी

प्रहरीले भने आपसी सहमति नजुटे कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताएको छ । कार्यालयका मुद्धा फाँटका प्रहरी निरीक्षक गणेश सुवेदीले भने – ‘ठाडो उजुरी परेको छ । पीडित पक्षले माफी दिएर केस अघि नबढाउने भन्न पनि सक्छन् नत्र प्रमाण पुगेको खण्डमा कानुनी व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284