ताजा खबर

युनाईटेड क्लवद्धारा कुष्ठ प्रभावितहरुलाई खाद्यान्न सामाग्री वितरण

   6:53 pm Monday, April 15, 2019     

गिता राना मगर

युनाईटेड क्लवले कुष्ठ प्रभावितहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । युनाईटेड क्लवले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत दोश्रो दिन सोमबार पोखरा १५ टुटुङगामा रहेको नेपाल कुष्ठ रोग निवारण संघ पोखरा आरोग्य आश्रममा आश्रित रहेका १४ जना प्रभावितहरुलाई खाद्यान्न सामाग्री सहित फलफुल वितरण गरेको हो ।

स्थापना कालदेखी पोखरामा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लवले आफ्नो नवौ वार्षिकोत्सव वैशाख ७ लाई लक्षित गरी साता भरी आफ्नो सामाजिक कामका क्षेत्रहरुमा सहयोग गर्ने क्रममा सोमबार पोखरा १५ टुटुङगामा आश्रित कुष्ठ प्रभावितहरु १४ जनालाई खाद्यान्न सामाग्री प्रदान गरिएको कार्यक्रम संयोजक तथा क्लवका सह कोषाध्यक्ष निर्मला लामिछानेले जानकारी दिइन ।

सो अवसरमा नेपाल कुष्ठ रोग निवारण संघ पोखरा आरोग्य आश्रमका अध्यक्ष नारायण शर्माले युनाईटेड क्लवले स्थापना कालदेखीनै सामाजिक काम गर्दै आइरहेको सन्दर्भमा नवौ वार्षिकोत्सवको अवसर पारी पोखरा आरोग्य आश्रममा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284