ताजा खबर

देशैभरिका कौराहाप्रमीको सहभागितामा दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन सम्पन्न

   ६ बैशाख २०८३, आईतवार २२:३२      114 views

दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन तनहुँको झापुटारमा सम्पन्न भएको छ । बैशाख ४ र ५ गते दुई दिनसम्म रिसिङ गाउँपालिका झापुटारमा भएको सम्मेलनले प्रथम मौलिक कौराहा घोषण पत्र २०७३ परिमार्जित गर्दै नयाँ संशोधन सहित २०८३ घोषणपत्र जारी गरेको छ ।


याम बहादुर आले मगरको संयोजकत्वमा हर्क आले र नरमाया आले सहितको विज्ञ टिमले तयार पारेको कौराहा सम्बन्धी दस्तावेजमा दानबहादुर आले, खड्क पामी आले, श्रीराम थापालगायतले टिप्पणी गरेका थिए । सम्मेलनले तयार पारेका घोषणपत्रमा थप सुझाव सहित संकलन गर्दै छिट्टै अनलाइन माध्यमबाट संसारभरिका कौराहाप्रेमीहरुले अध्ययन गर्न पाउने विज्ञ टिमका सदस्य तथा निवर्तमान अध्यक्ष हर्क आले मगरले बताए ।


नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समितिको आयोजना तथा मौलिक कौराहा संरक्षण समिति केन्द्रिय समिति र नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँको सहआयोजनामा सम्पन्न भएको सम्मेलन भव्यरुपमा सफल भएको छ ।
दुई दिनसम्म जारी सम्मेलनमा देशैभरिका ३० भन्दा बढी मौलिक कौराहा टिमको सहभागिता रहेको थियो । चितनवन, नवलपुर, गोरखा, स्याङ्जा, तनहुँ, पाल्पा, कास्की, काठमाडौं लगायत जिल्लाबाट मौलिक कौराहा कलाकारहरुले सहभागिता जनाएका थिए ।


सम्मेलनको पहिलो दिन नेपाल आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले खैजेडी बजाएर उद्घाटन गरेका थिए । उक्त दिन दशैभरिबाट सहभागी मौलिक कौराहा कलाकारहरुले एकैसाथ मौलिक कौराहा स्वागत नृत्य गरी सम्मेलनको शुभारम्भ गरेका थिए । पहिलो र दोस्रो दिन गरी सबै टिमले कौराहा नृत्य प्रस्तुत गरेका थिए भने देशैभरिका राष्ट्रिय मगर कलाकारहरुको उपस्थितिले सम्मेलन थप रौनक बनाएको थियो ।


सम्मेलनको समापन समारोहका प्रमुख अतिथि अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष नविन रोका मगरले मगरहरुको मौलिक कौराहा अहिले नेपाल र नेपालीको साझ संस्कृति भएको बाउँदै मगर समुदायले मात्र नभई राज्यले नै यसको संरक्षणको लागि ध्यान दिनुपर्ने बताए । कौरा मगराँत सभ्यताको मुल जग भएको काराणले मगर मात्र नभइ नेपालको सांस्कृतिक धरोहरको रुपमा रहेको मगराँत सभ्याता जगेर्नाको लागि र नेपालको रष्ट्रियता जोगाउनको लागि कौराहा लगायत नेपाली मौलिक संस्कृति जोगाउनपर्ने बताए । त्यसको लागि नयाँ पुस्तामा हस्तान्तरण हुनु आजको आवश्यकता रहेकोले पनि यस्ता सम्मेलन आयोजना गर्नु जरुरी रहेको बताए ।


सोही अवसरमा मौलिक कौराहा संरक्षणमा विभिन्न क्षेत्रबाट योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । जसमा मौलिक कौराहा जगेर्नाको लागि संस्था स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन योगदान पुर्याउनुहुने मौलिक कौराहा संरक्षक हर्क आले मगर, मौलिक कौराहा गायक श्रीराम थापा मगर र याम सारु मगर लगायतलाई सम्मानपत्र खादा, माला, फेताले सम्मान गरिएको थियो भने लाङ्घाली मसिक पत्रिकाका प्रकाशक, सम्पादक मिना थापा मगरलाई सम्मानपत्र, खादा, खलेक र पछ्यौरीले सम्मान गरेको थियो ।


। मौलिक कौराहाको संरक्षण संबद्र्धन गर्न, युवापुस्तामा यसको महत्व बुझाउँदै उनीहरुमा चासो जगाउने मुख्य उद्देश्यले राष्ट्रिय कौराहा सम्मेलनको आयोजना गरिएको नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समितिका अध्यक्ष नन्द घर्तीम गरले बताए ।
कार्यक्रमाका संयोजक पदम थापा मगरले सम्मेलन सम्पन्न गर्नका लागि देश तथा विदेशबाट आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुलाई धन्यवाद दिएका थिए । सम्मेलनमा बच्चादेखि बृद्धासम्मका हजारौ कौराहाप्रेमीहरुको सहभागिता रहेको थियो ।

मौलिक कौराहा संरक्षण समितिको अध्यक्षमा नरमाया आले
सम्मेलनले मौलिक कौराहा संरक्षण समितिको दोस्रो कार्यकालको लागि नरमाया थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा मनबहादुर थापा मगर (काठमाडौं), उपाध्यक्षमा माया राना मगर (तनहुँ), सचिवमा लिल बहादुर थापा मगर (तनहुँ), सहसचिवमा चिरन गरंजा मगर (नवलपुर), कोषाध्यामा प्रकाश थापा मगर (चतवन) निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा पदमबहादुर कानुङ मगर (नवलपुर), मिन बहादुर राना (गोरखा), बेलीमाया थापा (तनहुँ), अशोक आले (कास्की), याम माया थापा (तनहुँ), रेशम आले (काठमाडौं), अमर आले (चितवन), पूर्ण बहादुर थापा (तनहुँ) रहेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284