ताजा खबर

कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हितानमगर र गुरुङ सम्मानित

   ३० असार २०८३, मंगलवार १२:१६      57 views

पोखरा, असार २९

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा संचालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ सम्मानित हुनुभएको छ ।

पुरस्कारअन्तर्गत पत्रकार हितानमगरलाई २०८२ सालको तथा पत्रकार गुरुङलाई २०८३ सालको पुरस्कार प्रदान गरिएको हो । गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारी र पुरस्कारदाता कर्म गुरुङले सम्मानपत्र, भाङ्ग्रा, घलेक तथा जनही १० हजार रुपैयाँ नगदसहित पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रेस रजिस्ट्रार भण्डारीले पत्रकारिता क्षेत्रमा समर्पित व्यक्तित्वको सम्मानले नयाँ पुस्ताका पत्रकारलाई व्यावसायिक, जिम्मेवार र सिर्जनशील पत्रकारितातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङ र उहाँका श्रीमान् कर्ण गुरुङको वैवाहिक वर्षगाँठको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार आदिवासी जनजाति पत्रकारितामा योगदान पु¥याउने सञ्चारकर्मीलाई वार्षिक रूपमा प्रदान गरिँदै आएको छ ।

पुरस्कारदाता कर्म गुरुङले पत्रकारिताप्रति सम्मान व्यक्त गर्दै यस्ता पुरस्कारले पत्रकारको मनोबल अभिवृद्धि हुने बताउनुभयो । तमु धिं नेपालका अध्यक्ष तथा फोनिज कास्कीका सल्लाहकार हुम गुरुङले समावेशी पत्रकारिता वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै पुरस्कारलाई थप संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।

नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले पत्रकारितामार्फत आदिवासी जनजातिका भाषा, संस्कृति र मुद्दालाई समाजमा प्रभावकारी रूपमा उजागर गर्नुपर्ने धारणा राख्नुभयो । पुरस्कार छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले चार दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय हितानमगर नयाँ पुस्ताका पत्रकारका लागि प्रेरणाका स्रोत रहेको बताउनुभयो। उहाँले पत्रकार इन्दिरा गुरुङ भाषा पत्रकारितामा निरन्तर समर्पित रहेको उल्लेख गर्नुभयो । पुरस्कृत हितानमगरले सम्मानले आफूलाई थप जिम्मेवार र सक्रिय भएर पत्रकारिता गर्न प्रेरणा मिलेको बताउँदै पत्रकारिता निष्पक्ष, स्वतन्त्र र भयमुक्त हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। पत्रकार गुरुङले भाषा पत्रकारिताको संरक्षण र प्रवद्र्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

२०५४ सालदेखि रेडियो नेपालसँग आबद्ध उहाँले आदिवासी जनजाति समुदायका भाषा, संस्कृति र समसामयिक विषयमा निरन्तर पत्रकारिता गर्दै आउनुभएको छ । फोनिज कास्कीकी अध्यक्ष बिना कुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव देविका तामाङले गर्नुभएको थियो । यसअघि उक्त पुरस्कारबाट रिता गुरुङ, तिलक पुन, हर्क आले मगर, राजबहादुर गुरुङ, शान्ति गुरुङ, एमबी आस्था मगर, हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य, रुद्र श्रीष मगर, दीपेन्द्र श्रेष्ठ र खेम सारु मगर सम्मानित भइसक्नुभएको छ ।

कार्यक्रममा राष्ट्रिय कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८३ बाट सम्मानित मिना थापामगर, पोखरा महानगरपालिकाको युवा उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित दुर्गा रानामगर तथा ११औँ राष्ट्रिय हप्किदो च्याम्पियन मेग्मा गुरुङलाई समेत खादा ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा तमु विद्यार्थी समिति कास्कीका अध्यक्ष सतिश गुरुङ नेतृत्वको कार्यसमितिले पुरस्कारदाता कर्म गुरुङलाई पनि सम्मान गरेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

३० असार पोखरा तमु धिं नेपाल कास्की जिल्ला अन्तरगत गठित तमु विद्यार्थी समितिले अभिभावक भेटघाट तथा प्रथम बैठक गत असार २७ गते सम्पन्न भएको छ

अझै पढ्नुहोस्

पोखरा, असार २९ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा संचालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284