तमू विद्यार्थी समिती कास्कीको अभिभावक भेटघाट कार्यक्रम सम्पन्न
३० असार पोखरा
तमु धिं नेपाल कास्की जिल्ला अन्तरगत गठित तमु विद्यार्थी समितिले अभिभावक भेटघाट तथा प्रथम बैठक गत असार २७ गते सम्पन्न भएको छ ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा तमु विद्यार्थीहरुलाई अध्ययनशील साथै तमु समुदायको भाषा , कला, सँस्कृती, अधिकार, एकता साथै बिद्यार्थीका नेतृत्व एवम क्षमता विकासका लागि आवाश्यक वातावरण तयार गर्न अभिभावक भेटघाट आयोजना गरिएको तमु बिद्यार्थी समितिका अध्यक्ष सतिश गुरुङले बताउनुभयो।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु बिद्यार्थीहरुलाई पहिलो प्राथमिकता शिक्षा त्यस पश्चात् तमु पहिचान संरक्षण साथै सबै भन्दा अनुशाशित उत्कृष्ट बिद्यार्थे बन्नुपर्ने जोड दिनुभयो। उहाँले तमु धिं नेपाल , तमु जिद्यार्थी लगायत तमु समुदायको अभिभावकत्व संस्थागत जिम्मेवारी भएको बताउनुभयो।
कार्यक्रममा तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, तमु धिं नेपाल केन्द्रिय युवा समिती अध्यक्ष रमेश गुरुङ, अभिभावक धर्म गुरुङ लगायतले तमु विद्यार्थी समिती कास्कीमा विद्यार्थी संगठित भैइ सामाजिक उत्तरदायित्व बोध गरेकोमा आफुहरुको तर्फबाट सक्दो साथ रहने बताउनु भयो। कार्यक्रममा तमु विद्यार्थी समिती कास्कीकी सकृय सदस्य मेग्मा गुरुङले राष्ट्रिय हप्किडो च्याम्पियनशिपमा प्रथम हुन सफल भएको बधाईसहित सम्मान गरिएको थियो।

यसरी नै विद्यार्थी समितिलाई १० जोर नृत्य पोशाक र फुटवल पोशाक तमु धिं नेपाल कास्की जिल्ला प्रथम उपाध्यक्ष एवम म:म बोसका संचालक यज्ञ प्रसाद गुरुङले सहयोग हस्तान्तरण गर्नु भएको थियो। यस्तै गरि विद्यार्थी समितीलाई तमु धिं नेपालका केन्द्रिय सहकोषाध्यक्ष सुबेदार तुलबहादुर गुरुङ र जिल्ला सदस्य रोशनी गुरुङले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो।
बैठकले तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ प्रमुख सल्लाहकारसहित सल्लाहकार समिती गठन, संगठन विभाग , साँस्कृतिक विभाग, प्रशिक्षण बिभाग र खेलकुद विभाग गठन गरेको छ भने तमु विद्यार्थी समितिका अग्रजहरुसँग अन्तरक्रिया र तमु बिद्यार्थी समिती साँस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको सुमित गुरुङले जानकारीव्दिनुभयो।

तमु विद्यार्थी समिती नेपाल कास्की जिल्ला समितिका अध्यक्ष सतिश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अनुस्का गुरुङ र संचालन महिला सचिव सलिना गुरुङले गर्नुभएको थियो।
आजको खबर
३० असार पोखरा तमु धिं नेपाल कास्की जिल्ला अन्तरगत गठित तमु विद्यार्थी समितिले अभिभावक भेटघाट तथा प्रथम बैठक गत असार २७ गते सम्पन्न भएको छ…
अझै पढ्नुहोस्
पोखरा, असार २९ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा संचालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ…
अझै पढ्नुहोस्Follow Us
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हितानमगर र गुरुङ सम्मानित
३० असार २०८३, मंगलवार १२:१६
तमू विद्यार्थी समिती कास्कीको अभिभावक भेटघाट कार्यक्रम सम्पन्न
३० असार २०८३, मंगलवार १२:३८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38