मगर संसारले सुनवलमा चौथो घर हस्तान्तरण गर्दै
सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरी टिमले चौथो घर हस्तान्तरण गर्ने भएको छ ।
सामाजिक कार्यमा निकै अग्रसर विभिन्न दिन, दुखी, गरिब, अशक्त, अपाङ्ग, निम्न आयस्रोत भएका उपचार नपाएका बिरामीहरूको लागि र विभिन्न समस्यामा परेकाहरूको लागि सहयोग गर्दै आएको यस अनलाइन फेसबुक ग्रुप मगर संसारको टिमले अभियान मार्फत संकलन गरेको सहयोग रकमले नवलपरासी जिल्ला सुनवल १० गैडाखाल निवासी ८० वर्षीय वृद्ध बुवा चित्र बहादुर पुन मगरको परिवारलाई घर निर्माण गरिदिएको छ ।

स्थानीय बुद्धिजीवी युवराज पुन मगरले मगर संसारलाई चित्रबहादुर पुन मगरको पारिवारिक अवस्था र घरको अवस्थाबारे जानकारी गराउँदै केही सहयोग गरिदिनुहुन आग्रह गरेका थिए ।
मगर संसारका संस्थापक अध्यक्ष तथा सहयोग संयोजक अनिल लामिछाने थापा मगरको विशेष संयोजकत्वमा मगर संसारले विगतमा तीनवटा घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ भने यो चौथो घर यही २०८३ साउन ९ गते शनिबार औपचारिक रूपमा परिवारलाई हस्तान्तरण गर्ने अध्यक्ष अनिलले जानकारी दिनुभयो ।
घर निर्माणको लागि मगर संसारले अभियान सुरु गरेको थियो । सो सहयोग रकमबाट चित्रबहादुर निवास सम्पन्न भएको र घर निर्माणको लागि रू. ३,६२,५९६ रुपैयाँ खर्च भएको अध्यक्ष जानकारी दिनुभयो । घर निर्माणको लागि सहयोग रू. ३ लाख ९७ हजार ५ सय ९६ संकलन भएको थियो । बचत रकमबाट परिवारलाई आवश्यक सामग्रीहरू वितरण गर्ने समेत आयोजक मगर संसारले जानकारी दिनुभयो ।

घर निर्माणमा विभिन्न सङ्घ संस्था सहयोगीहरूले यस अभियानमा साथ दिएकोमा धन्यवाद दिँदै सम्पूर्णलाई घर हस्तान्तरण कार्यक्रममा उपस्थितिका लागि पनि आग्रह गरेका छन् ।
मगर संसारले आजसम्म ३२०० जना भन्दा बढी बिरामीहरूको लागि सहयोग अपिल र प्रत्यक्ष सहयोग ३२५ जनालाई ३ करोड बढी आर्थिक सहयोग संकलन गरी विभिन्न समस्यामा परेकाहरुलाई सहयोग प्रदान गरिसकेको छ ।
आजको खबर
सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरी टिमले चौथो घर हस्तान्तरण गर्ने भएको छ ।सामाजिक कार्यमा निकै अग्रसर विभिन्न दिन, दुखी, गरिब, अशक्त, अपाङ्ग,…
अझै पढ्नुहोस्Follow Us
मगर संसारले सुनवलमा चौथो घर हस्तान्तरण गर्दै
८ श्रावण २०८३, शुक्रबार ११:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38