ताजा खबर

सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न

   १६ श्रावण २०८३, शनिबार २२:२८      16 views

सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख वक्ता ब्रह्माकुमारे विजय राज सिग्देल रहेका थिए । उनी ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालसँग आबद्ध प्रशिक्षक तथा प्रेरक वक्ता हुन् उनले विशेषगरी सकारात्मक सोच, मेडिटेसन, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, व्यक्तित्व विकास, नेतृत्व विकास, जीवन व्यवस्थापन र ‘ह्याप्पिनेस इन्डेक्स’ जस्ता विषयमा प्रशिक्षण तथा प्रेरणामूलक प्रवचन दिँदै आएका छन् विभिन्न शैक्षिक संस्था, सरकारी तथा निजी निकाय, सञ्चारकर्मी, युवा तथा सामाजिक संघसंस्थामाझ नियमित रूपमा प्रशिक्षण सञ्चालन गर्दै आएका सिग्देलले मानसिक शान्ति, आत्मपरिवर्तन र मूल्यमा आधारित जीवनशैलीलाई आफ्नो प्रशिक्षणको मुख्य विषय बनाउने गरेका छन् ।


यसै क्रममा शनिबारको कार्यक्रमा प्रमुख वक्ताको ररुपमा रहेका ब्रह्माकुमार विजय राज सिग्देलले जीवनमा साना–साना सकारात्मक परिवर्तनले ठूलो प्रभाव पार्न सक्ने बताउँदै मानिसलाई पछाडि पार्ने बानी परिवर्तन गर्न आवश्यक रहेको धारणा राखे । उनले आफूलाई कमजोर बनाइरहेका सोच, व्यवहार र बानीलाई पहिचान गरी त्यसलाई ‘ब्रेकडाउन’ गर्न सके मानसिक तथा शारीरिक रूपमा धेरै राहत मिल्ने दाबी गरे ।

सिग्देलले आफूले पनि दैनिक जीवनमा अनुशासनलाई व्यवहारमा उतारेको अनुभव सुनाउँदै स्वस्थ जीवनशैली अपनाउन खानपान मात्र होइन, सोच र जीवनशैलीमा समेत परिवर्तन आवश्यक हुने बताए ।

सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलले पत्रकारहरू निरन्तर मानसिक दबाब, समयको चाप र चुनौतीपूर्ण परिस्थितिमा काम गर्नुपर्ने भएकाले उनीहरूको मानसिक स्वास्थ्य र आत्मसुदृढीकरणका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताइन् ।

उनले कार्यक्रममा अग्रज, समकालीन र नयाँ पुस्ताका सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको भन्दै खुशी व्यक्त गरिन् । आगामी दिनमा पनि पत्रकारहरूको क्षमता अभिवृद्धि, मानसिक स्वास्थ्य र व्यक्तित्व विकाससँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।


कार्यक्रममा सहभागी सञ्चारकर्मी सुरेश रानाभाट, जमुना शर्मा वर्षा र रञ्जन अधिकारी क्षेत्रीले कार्यक्रम उपयोगी, ज्ञानवद्र्धक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए । उनीहरूले कार्यक्रममा सिकेका विषयलाई आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा समेत लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना अनुभव र भोगाइहरू समेत सुनाएका थिए ।


ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा आयोजित कार्यक्रममा पोखरा तथा आसपासका पत्रकार, सञ्चारकर्मी र सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रम भव्य रुपमा सम्पन्न भएकोमा ब्रह्माकुमारी पुनमले पनि खुशी व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन सञ्चारिका समुह गण्डकी उपाध्यक्ष कञ्चन थापा कोइरालाले गरेकी थिइन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284