ताजा खबर

फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु

   9:13 pm Wednesday, September 23, 2026     

पोखरा । संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक उडान सुरु गरेको छ । १ सय १३ यात्रु बोकेर दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१९ बजे पोखरामा अवतरण गरेको हो ।

पोखरा अवतरण गरेको उक्त जहाजलाई पानीको फोहराले स्वागत गरिएको थियो । ‘फ्लाई दुबईको यो नियमित सेवाले पोखरामा नयाँ आशा जगाएको छ,’ विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ‘यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन सकेका थिएनन् ।’

फ्लाई दुबईको जहाज आजै साँझ ७ः१५ बजे १ सय ५३ यात्रु लिएर दुबईतर्फ उडेको छ । अब हरेक दिन साँझ ६ः१५ बजे पोखरामा अवतरण हुनेछ । त्यसपछि साँझ ७ः१५ बजे पोखराबाट दुबईका लागि जहाज उड्नेछ ।

‘पोखराबाट दुबई हुँदै युरोप, अमेरिकालगायतका विभिन्न मुलुक जाने यात्रुलाई अब ठूलो सहजता थपिनेछ,’ महाप्रबन्धक निरौलाले भने, ‘यात्राअवधि छोटिँदा यात्रुको खर्च पनि घट्छ ।’ पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटक सीधा आउन सक्नेछन् । यस्तै रोजगारी, अध्ययन र घुमफिरका लागि वैदेशिक यात्रामा जाने नागरिकका लागि पनि यो सेवा निकै लाभदायी हुने देखिएको छ ।

पोखरा विमानस्थलमा ओर्लिएका यात्रुलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सरकारी अधिकारी तथा पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए ।

आजको खबर

गुरुङ साहित्यिक मञ्च नेपालको चौथो अधिवेशनले रोशनी (रोश्मी) गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मिश्रामाया गुरुङ, उपाध्यक्षमा आश गुरुङ, महासचिवमा सम्राट

अझै पढ्नुहोस्

पोखरा । तमु धीं युकेको टोली रातीको समयमा पनि राहत वितरणमा खटिएको छ । बुधबार बिहानै विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले भाटभटेनी सुपरमार्केटबाट आवश्यक

अझै पढ्नुहोस्

पोखरा । संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक उडान सुरु गरेको छ । १ सय १३ यात्रु बोकेर दुबई

अझै पढ्नुहोस्

नेपाल । बाढीपहिरोबाट प्रभावित रसुवाका परिवारलाई राहत वितरण गर्न तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा टोली बुधबार रसुवा पुगेको छ । टोलीले भाटभटेनी सुपरमार्केटबाट

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284