
अनिक अधिकारीले जिते तेस्रो सँस्करणको ‘हस्पिटालिटी नेपाल कन्टेस्ट’
बेगनासका अनिक अधिकारी हस्पिटालिटी नेपाल कन्टेस्ट तेस्रो सिजनका विजेता बनेका छन् । १७ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले तेस्रो सँस्करणको उपाधी हात पारेका हुन् । फाइनल राउण्डमा निर्णायकले सोधेको प्रश्नको सबैभन्दा उत्कृष्ट जवाफ दिएर उनी नम्बरको आधारमा विजेता छनौट भएका हुन् ।

विजेता भएसँगै अधिकारीले नगद र विभिन्न प्याकेजहरु पुरस्कार स्वरुप प्राप्त गरे । उनले नगद २५ हजार रुपैयाँसँगै दुबई भ्रमणको प्याकेज प्राप्त गरे । विजेता भएसँगै हस्पिटालिटी क्षेत्रका आफूलाई झन् बढि केहि गर्ने हौसला मिलेको उनले प्रतिक्रिया दिए । ‘यो मेरो लागि ठुलो उपलब्धिसँगै चुनौती पनि हो । आगामी दिनमा नेपालको हस्पिटालिटी क्षेत्रमा योगदान दिनुपर्ने चुनौती ।’ विजेता अधिकारीले भने–‘यो टाइटलले मलाई अझै बढि जिम्मेबारी सुम्पेको छ ।’ अधिकारी हाल नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत छन् ।
करिब डेढ महिनासम्म आयोजक एपी इन्टरटेनमेन्टले प्रतिस्पर्धीहरुलाई बन्द प्रशिक्षणमा सहभागी गराएर ‘हस्पिटालिटी सेक्टर’सँग सम्बन्धि विभिन्न तालिमहरु दिएको थियो । हस्पिटालिटी क्षेत्रसँग विज्ञता राख्ने व्यक्तिहरुले प्रतिस्पर्धीहरुलाई तालिम दिएका थिए । फाइनलमा उनीहरुले तालिममा सिकेका विभिन्न सिपहरु पनि प्रदर्शन गरेका थिए ।

त्यस्तै कन्टेस्टमा पवित्रा तामाङ फस्ट रनरअप भईन् । उनले टाइटलसँगै नगद र विभिन्न प्याकेज पुरस्कार जितिन् । तामाङ पनि नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत छिन् । कन्टेस्टमा प्रतिक गुरुङ सेकेन्ड रनरअप भए । उनी माउन्ट अन्नपूर्ण कलेजमा अध्ययनरत छन् । त्यसैगरि सिटिइभिटीमा अध्ययनरत सन्देश केसी कन्टेस्टमा थर्ड रनरअप भएका थिए ।
हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजनको मूख्य निर्णायकको रुपमा पाइलट तथा अभिनेता विजय लामा रहेका थिए । त्यस्तै हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश निर्देशक मणिराज लामिछाने, माउन्ट अन्नपूर्ण कलेजका प्राचार्य शैलेन्द्र श्रेष्ठ र नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजका प्राचार्य प्रकाश रेग्मी र नाट्टाका अध्यक्ष सन्तोष पोखरेल निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रममा मिस अर्थ २०१८ प्रिया सिग्देल विशेष अतिथीको रुपमा सहभागी थिईन् ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26