तमु साँस्कृतिक प्रतिष्ठानको रजत जयन्ती भव्य समापन, ६४ विद्यार्थीलाई छात्रवृत्ति
पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल द्वारा आयोजित “रजत जयन्ती समापन समारोह, स्मारिका विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रम” पोखरामा भव्य रूपमा सम्पन्न भएको छ । संस्थाले २५ वर्ष पूरा गरेको अवसरमा एक वर्षसम्म सञ्चालन गरिएको रजत जयन्ती विशेष कार्यक्रमको औपचारिक समापन गरिएको हो ।
समारोहमा संस्थाको स्थापना कालदेखि हालसम्मका गतिविधि, तथ्यांक, विभिन्न प्रबुद्ध व्यक्तिहरूका लेख–रचना, व्यवसायी तथा शुभचिन्तकहरूको शुभकामना र विज्ञापन समेटिएको स्मारिकाको विमोचन गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती तमु प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।

प्रमुख अतिथि तमुले प्रतिष्ठानले शिक्षा क्षेत्रमा पुर्याएको योगदान तमु समुदायका लागि मात्र नभई समग्र राष्ट्रकै लागि महत्वपूर्ण रहेको बताइन् । कार्यक्रममा कास्की, तनहुँ, लमजुङ, स्याङ्जा र पर्वत जिल्लाका ६४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका निवर्तमान कार्यवाहक अध्यक्ष एवं वातावरणविद् जुद्व तमु, डाइमण्ड बिद्विष्ट सेन्टर यू.के. का संस्थापक अध्यक्ष तथा साहित्यकार सुमलकुमार तमु, संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार संयोजक चिजकाजी तमु तथा संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर तमु ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाको उद्देश्य, योगदान र गतिविधि समेटिएको श्रव्यदृश्य सामग्री समेत प्रदर्शन गरिएको कार्यक्रममा अक्षयकोष दाता सुमलकुमार तमु र तमु समाज बेल्जियम लाई कदरपत्र प्रदान गर्दै चेक हस्तान्तरण गरिएको थियो । २५० भन्दा बढी सहभागी रहेको समारोहमा हिमाली साँस्कृतिक परिवार का कलाकारहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
करीब तीन दशकअघि जापानमा कार्यरत युवाहरूको अवधारणाबाट सुरु भएको प्रतिष्ठान २०५८ साल जेठ ७ गते औपचारिक रूपमा स्थापना भएको हो । रजत जयन्तीको अवसरमा संस्थाले २०८२ कात्तिक २९ गते “पोखरा महानगरस्तरीय माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता” तथा २०८२ पुस ४ गते पुनर्मिलन कार्यक्रम आयोजना गरेको थियो । यसअघि सम्पन्न वार्षिकोत्सव कार्यक्रममा समेत रजत जयन्ती विशेष कार्यक्रम गरिएको थियो ।

संस्थाका अध्यक्ष श्रीजङ तमु को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कञ्चन तमु ले गरेका थिए । कार्यक्रममा आगामी शैक्षिक सत्र २०८३ का लागि नयाँ छात्रवृत्ति प्राप्त विद्यार्थी छनोट गर्न गोर्खा र लमजुङ जाने योजना रहेको जानकारी दिइयो । साथै यस वर्ष छात्रवृत्ति कार्यक्रमलाई पूर्वमा ताप्लेजुङ र पश्चिममा गुल्मी जिल्लासम्म विस्तार गरिने अध्यक्ष तमुले बताए ।
आजको खबर
पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल द्वारा आयोजित “रजत जयन्ती समापन समारोह, स्मारिका विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रम” पोखरामा भव्य रूपमा सम्पन्न भएको छ ।…
अझै पढ्नुहोस्Follow Us
तमु साँस्कृतिक प्रतिष्ठानको रजत जयन्ती भव्य समापन, ६४ विद्यार्थीलाई छात्रवृत्ति
१० जेष्ठ २०८३, आईतवार ००:२४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38