
अनुपम म्युजिक अवार्डका लागि प्रतिभा छनोट समिति गठन
अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड २०७६ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।

पत्रकार तथा लेखक बद्रिविनोद प्रतीकको संयोजकत्वमा गठित समिति समाजसेवी वीरेन्द्र पालिखे, गायक रामभक्त जोजिजू र गीतकार रेशम रचक सदस्य रहेका छन् । समितिको पदेन सदस्यमा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी रहेका छन् । समितिले म्युजिक अवार्डसँगै अनुपम सङ्गीत सम्मान र तीर्थहरि समाजसेवा अवार्डका लागि प्रतिभा छनोट गरी सिफारिस गर्ने छ ।
अवार्ड तथा सम्मानहरु आगामी जेठ २५ गते दिउँसो १ बजे पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने छैटौँ अनुपम साङ्गीतिक साँझका अवसरमा प्रदान गरिने प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए । सो कार्यक्रममा दार्जिलिङ, काठमाडौँ र पोखराका कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उनले जानकारी दिए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26