ताजा खबर

अब तमू प्ये ल्हु संघ पनि संघिय प्रणालीमा, उम प्हच्यु तमूको नेतृत्वमा गण्डकी प्रदेश समिति गठन

   ५ चैत्र २०७६, बुधबार ०९:३८      1,325 views


तमू प्ये ल्हु संघ केन्द्रिय समितिको पहलमा पोखरामा भएको एक भेलाले संघको गण्डकी प्रदेश समिति गठन भएको छ ।

संघको गण्डकी प्रदेश प्रमुख भोजराज क्रोम्छें तमूको अध्यक्षतामा सम्पन्न भएको भेलाले सर्वसम्मत रुपमा उमबहादुर प्हच्यु तमू (कास्की)लाई अध्यक्षमा चयन गरेको छ ।


जसको उपाध्यक्षमा कुलप्रसाद क्रोम्छें तमू (स्याङ्जा), द्धितिय उपाध्यक्षमा सु. क्षेत्रबहादुर तमू (नवलपुर), सचिवमा मिलन क्रोम्छें तमू (पर्वत) र सह–सचिव खुशी टु क्ल्हेप्री तमू (लमजुङ) लाई चयन गरिएको छ ।

यस्तै भेलाले संघको कोषाध्यक्ष मिलन तमू (तनहुँ), सह–कोषाध्यक्षमा मणि सरब्ज तमू (कास्की)लाई सर्वसम्मत चयन गरेको छ भने सदस्यहरुमा कुमारी पर्जु तमू (पर्वत), एकमाया न्हान्सी तमू (स्याङ्जा), विष्णुमाया तमू (तनहुँ), विष्णुबहादुर तमू (नवलपुर), पूर्णबहादुर तमू (म्याग्दी) रहनु भएको छ ।

तमू प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमूको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन केन्द्रिय महासचिव हर्कबहादुर योज तमूले गर्नुभएको थियो ।

यसैबीच नव निर्वाचित प्रदेश समितिको पदाधिकारी तथा सदस्यहरुलाई संघको केन्द्रिय समितिको तर्फबाट हिजै साँझ संघमा एक कार्यक्रमको आयोजना गरि बधाई ज्ञापन गरिएको छ ।


संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमूको नेतृत्वमा संघका आमा समिति अध्यक्ष पुष्पा तेल्मै तमू तथा अरु पदाधिकारी एवम् सदस्यहरुले नव निर्वाचित कार्य समितिलाई फूल माला तथा बुकी उपहार दिएर स्वागत तथा सम्मान गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284