ताजा खबर

अब पोखरा ८ को वडा गतिविधी डकुमेण्ट्रीमा

   ४ असार २०७६, बुधबार १४:३८      1,088 views

पोखरा महानगरपालिका वडा नम्बर ८ ले आफ्नों वडाका गतिविधी समेटेर तयार पारेको डकुमेण्ट्री सार्वजनिक गरेको छ ।

वडा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले मंगलबार सेवाग्राहीहरुका माझ रिमोट बटन थिचेर टेलिभिजन सुरु गर्दै उक्त डकुमेण्ट्रीको औपचारिक रुपमा सार्वजनिक गर्नुभएको हो ।

डकुमेण्ट्रीको सार्वजनिक गर्दै वडाध्यक्ष बरालले डकुमेण्ट्रीले वडावासी र जनप्रतिनिधीविच सेतुको काम गर्ने आशा व्यक्त गर्नुभयो । उक्त डकुमेण्ट्री वडाले हरेक दिन कार्यालय समय अवधिभर प्रशारण गर्नेछ ।

डकुमेण्ट्रीमा वडा ८ मा निर्वाचित जनप्रतिनिधी आइसकेपछि भएका भौतिक विकास तथा सामाजिक क्षेत्रमा सम्पन्न विभिन्न गतिविधीहरु समेटिएको छ । त्यसैगरि वडाले दिने सेवाका बारेमा पनि सेवाग्राहीलाई जानकारी गराइएको छ ।

झण्डै आधा घण्टा लामो डकुमेण्ट्रीमा वडावासिले जनप्रतिनिधीबाट गरेका अपेक्षा, वडाबासिकै विश्लेषणमा जनप्रतिनिधी, वडा स्थित अन्य राजनीतिक दलका पदाधिकारीहरुले गरेको टिप्पणी लगायतका सामग्रीहरु समेटिएका छन् ।

त्यसैगरि वडा भित्र भइरहेका तथा योजनामा रहेका महत्वपूर्ण कार्यक्रमका बारेमा पनि अवगत गराइएको छ । पत्रकार विनोद लामिछाने र महेश क्षेत्रीले उक्त डकुमेण्ट्री तयार पार्नुभएको हो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284