
अब फुडगञ्जको शाखा पोखरामा पनि
मिना थापा मगर
अनलाइन फुड डेलिभरी कम्पनी फुडगञ्जले अब पोखरामा पनि आफनो सेवा विस्तार गरेको छ ।

स्थापनाको छोटो समयमा नै केन्द्रिय कार्यालय काठमाडौं सहित ललितपुर र नेपालगञ्जमा शाखा विस्तार गरि सेवा दिँदै आइरहेको यस कम्पनीले शाखाको रूपमा पोखराबाट पनि सेवा विस्तार गरेको हो ।
एक कार्यक्रमका बिच कम्पनीका सञ्चालक समिति सदस्य पूर्णबहादुर रानाले रिबन काटेर विधिवत् रूपमा उक्त शाखाको उद्घाटन गर्नुभयो ।
पोखराका ग्राहकहरूलाई मध्यनजर गरी कम्पनीले पहिलो महिना १५ देखि २५ प्रतिशतसम्म क्यासब्याकका साथै फ्रि डेलिभरीको विशेष छुट दिने कम्पनीका प्रबन्ध निर्देशक सुरज थापा मगरले बताउनुभयो ।

कम्पनीले उपत्यकाभित्र बिहान ३ बजेसम्म र नेपालगञ्जमा बेलुका १० बजेसम्म सेवा दिँदै आइरहेकोमा पोखरामा पनि बेलुका १० बजेसम्म सेवा दिने थापा मगरले जानकारी दिनुभयो ।
ग्राहकप्रति समर्पित भई सेवालाई थप छिटो र छरितो बनाउँदै अबको केही महिना भित्र नै पोखरालाई लक्षित गरि फुड डेलिभरीसँगै अन्य थप फरक खालको सेवा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38