ताजा खबर

अब मादी गाउँपालिकाको सबै माध्यमिक विदलयमा निःशुल्क सेनेटरी प्याड वितरण गरिने

   २७ फाल्गुन २०७५, सोमबार २०:०८      2,916 views

मादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीको सहयोगमा

कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाभित्रका विदा्यल तहमा अध्ययन गर्ने किशोरीहरुलाई निःशुल्क रुपमा सेनेटरी प्याड वितरण गर्ने घोषणा गरेको छ ।


उपाध्यक्षसँग महिला कार्यक्रम अन्तरगत लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्ने मूलनारालाई आत्मसाथ गर्दै अन्तराष्ट्रिय नारी दिवसको अवसर पारि सो कार्यक्रम घोषणा गरिएको हो ।


कार्यक्रमको समन्वय गाउँपालिका स्वास्थ्य शाखाले गरेको छ । गाउँपालिका उपाध्यक्ष बिष्णु माया आचार्य पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ रहनुभएको थियो ।


गाउँपालिका उपाध्यक्ष बिष्णुमाया आचार्य पौडेले अबदेखि गाउँपालिका क्षेत्र भित्रका सबै विदालयमा निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराइने छ । जसले गर्दा छोरा र छोरीमा रहेको असमानता हटउने तथा लैंगिक समानताका लागि समान सोचको विकासमा टेवा पुग्ने बताउनु भयो ।
साथै उहाँले प्राकृतिक रुपमा महिलाहरुमाहुने नियमित चक्र महिनावारी भएकै कारणले गर्दा छोरीहरुको पढाईमा असर हुने समस्या अब नरहने कुरा बताउनुभयो ।


यसअघि किशोरीहरु महिनावारी भएको समयमा विदलय नआउने तथा बिचमै पढाई छोडेर घर जाने गरेको र यसले गर्दा प्रत्येक महिना छोरीहरुको पढाई छोराहरुको तुलनामा कम्तिमा ४ दिन र बर्षमा ४८ दिन पढाईमा बाधा पर्ने गरेको साथै समग्र सामाजिक लैंगिक असमानतालाई यसले बढवा दिईरहेको विकराल समस्यालाई मध्यनजर गर्दै किशोरीहरूमा आत्मबल बढाउँन तथा उनीहरुको बहुपक्षीय विकासमा टेवा पुरयाउन यो कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष बेद बहादुर गुरुङले बताउनुभयो ।


गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीका अनुसार शारीरिक परिवर्तन हुँदै गरेको देखेर अलमलमा रहेका किशोरीहरुमा एकैपटक महिनावारी बेहोर्नु पर्दा एक प्रकारको त्रास सिर्जना हुने र त्यस माथि परिवारले छोइछिटो एबं महिनावारीको बेला देखिने स्वास्थ्य समस्यालाई खुलेर व्यक्त गर्न नसक्दा उनीहरु मानसिक एवं सामाजिक रुपमा कमजोर महशुस गर्ने बताउनुभयो ।

किशोर अवस्थामा देखिने शारीरिक परिवर्तनसँगै प्रजनन स्वास्थ्यसँग सम्बन्धित धेरै किसिमका रोगहरुको संक्रमणबाट बचाउन महिनावारीको बेला विषेश सरसफाइको आवश्यक पर्छ बताउनु भयो ।


गाउँपालिका भित्रका सबै माध्यमिक विदलयमा उपाध्यक्षसँग महिला कार्यक्रम अन्तरगत विदालय तहका किशोरीहरुको महिनावारी सुरक्षाको लागि प्याड निःशुल्क वितरणको लागि छुट्टै कोठाको व्यबस्थापन गरिने र त्यस्तो कोठामा किशोरी मैत्री बातावरण बनाउन पर्यत्न गरिने साथै प्याड प्रयोग पछि उचित बिशर्जनको लागि पनि पूर्वाधार निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284