ताजा खबर

अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को लन्च नेपाल लिटरेचर फेस्टिभलमा

   ३ पुष २०७५, मंगलवार ०७:४६      2,777 views


पोखरा÷३ पुस
बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा विमोचन हुने भएको छ । पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन कृति विमोचन हुने आयोजकले पत्रकार सम्मेलन मार्पmत जानकारी दिएको छ ।


पेनगुइनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने पनि सम्मेलनमा बताइयो । कार्यक्रममा कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूतिलाई पुस्तकमा समेटेको बताइन् । साथै क्यान्सर भइसकेपछि आफ्नो जीवन कसरी अघि बढिरहेको छ भन्नेसमेत पुस्तकमा उल्लेख रहेको उनको भनाइ छ । ‘क्यान्सर लागेपछि पाएको पुनर्जीवनबारेको अनुभव मैले सबैसमक्ष सेयर गर्नुपर्छ भनेर पुस्तक लेखेकी हुुँ । यो पुस्तक नेपाली भाषामा फाइनप्रिन्टले प्रकाशन गर्दै छ । यसमा म अति खुसी छु,’ उनले भनिन् ।
उपचारका क्रममा आफूलाई मानसिक एवम् शारीरिक रुपमा कसरी बलियो राखें भन्ने कुरा पनि पुस्तकमा समेटिएको उनले बताइन् ।

कार्यक्रममा फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले मनीषा कोइराला जस्तो चर्चित व्यक्तित्वको पुस्तकलाई फेस्टिभलमा विमोचन गर्न पाउनु आफूहरुका लागि गौरवको विषय रहेको बताए । पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने घोषणा गर्न पाउँदा पनि आफूहरु खुसी रहेको उनको भनाइ छ । ‘फेस्टिभलमा पुस्तक विमोचन गर्न पाउनु पनि हाम्रा लागि खुसीको विषय हो । हामी अत्यन्त खुसी छौं,’ उनले भने, ‘यो हाम्रा लागि गौरवको विषय हो ।’ अभिनेत्री कोइरालाले नेपाली संस्करणमा प्रकाशन हुने पुस्तकको पेस्कीबापत आएको रकम क्यान्सर केयर नेपाललाई हस्तान्तरण समेत गरेकी थिइन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284