ताजा खबर

अविस्मरणिय बेलायत यात्रा

   १० पुष २०७५, मंगलवार २०:१६      2,373 views

रोशनी गुरुङ
जीन्दगीमा हरेक पलहरु केहि न केहि अवसर बोकेर हाम्रो सामु उपस्थित हुने गर्दछ । फरक यत्ति हो त्यसलाई हामीले कतिसम्म सदुपयोग गर्न सक्छौ या सक्दैनौ । मैले जिन्दगीमा यस्ता थुप्रै पलहरुको आगमनलाई स्वागत गरेको छु कति पलहरुमा म सफल भए भने कति पलहरुमा म असफल पनि भएको छु ।

तर जीन्दगीका त्यस्ता मोडहरुको भने म सधै सकरात्मक पखाईमा हुनेछु । मिति २०७४ भदौ ९ गते जिन्दगीले यस्तो पललाई लिएर आयो जुन पलले मलाई मलाई अवसर मात्र दिएन कैंयन अनुभूतिसँगै मनस्पटलमा अमिट छाप बस्ने गरी धेरै कुरा सिक्ने अवसर पनि दिलायो ।

बेलायत जस्तो समृद्ध मुलुकमा स्थापना कालदेखि नै आफनो स्वच्छ छवि बनाएर सबै बेलायत बासीको मन जित्न सफल तमु धीं यू.के.को निमन्त्रणमा बेलायतको भ्रमण गर्ने अवसर मलाई जुट्यो ।

उक्त अवसरको सहि सदुपयोग गर्दै मनमा अनेकन उत्साह उमंग बोकेर भदौ ९ गते काठमाडौबाट त्यसतर्फको यात्रा तय भयो । तमु संसार त्रैमासिकका अफिसियल फोटोग्राफर तथा बेलायतमा फोटो ग्राफरको रुपमा सबैको ढुकढुकी बन्न सफल मिलन तमु दाई पनि यात्रामासँगै भएकोले नौलो ठाउँको यात्रामा मान्छेको मनभित्र जुन अन्यौलता पैदा हुन्छ त्यो भने हुन पाएन ।

दाइले मप्रति देखाउनुभएको आत्मीयता, तमु संसारको लागि उहाँले गर्नुभएको सहयोगको म सधैं उच्च कदर गर्छु । यात्रामा हामीसँगै नेपालबाट प्रतिनिधित्व गर्ने तमु सञ्चारकर्मी संघ नेपालका संस्थापक संयोजक हुम गुरुङ, निवर्तमान अध्यक्ष डण्ड गुरुङ,

मगर पत्रकार संघका केन्द्रिय अध्यक्ष मनोज घर्तीमगर, किराँत पत्रकार संघका अध्यक्ष देवेन्द्र खापुङ पनि हामीसँगै यात्रामा सहभागी थियौं ।

सुपरिचित अग्रज र सहकर्मीहरुसँगको यात्राले गर्दा त्यो यात्रा सम्झन लायक बन्यो । काठमाडौबाट छुटेको १४ घण्टापछि बेलायतमा अबतरण गरियो ।

विमान स्थलबाट बाहिरीने क्रममा तमु धिं यू.के.का अध्यक्ष आदरणीय दाइ ज्ञाम गुरुङ, आमा समिति अध्यक्ष भाउजू प्रेमा गुरुङ, सल्लाहकारद्धय एकेन्द्र गुरुङ र जुमकाजी गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ, एभरेष्ट टाइम्स पत्रिकाका हरिकुमार गुरुङ (काजी), मधुकर गुरुङ लगायतको टोली हाम्रो स्वागतका निम्ति तयार भएर बस्नुभएको थियो ।

त्यो बिरानो मुलुकमा यति आत्मियताको भाव सहित सबैजना अग्रजहरुबाट न्यानो माया र स्वागत पाउँदा मन साँच्चैको खुशी थियो ।

त्यही दिन तमु धी यू.के. तथा एनआर एन यू.के.का पूर्व अध्यक्ष आदरणीय दाई मे.डम्मर घलेको घरमा सबै जनाको रमाइलो उपस्थितीमा स्वागत नृत्यमा रमाउँदा बाटोभरीको थकान सबै दुर भएर गएको थियो ।

भोलिपल्ट बिहानै बेलायतको प्रसिद्ध रेडियो द्यन्ध्क् मा सोनाम शेर्पा दाइसँग पत्रकारितका तिता मिठा अनुभूतिबारे अन्तरवार्तामा सरिक हुन पाउँदा झनै मन आनन्दीत भयो ।

अर्को अविस्मरणीय बेलायत यात्रा दिन बेलायत भ्रमणको मुख्य दिन अर्थात् तमु धिं यू.के.को आयोजनामा सञ्चालन हुने नवौं नेपाली मेलाको दिन थियो । त्यही कार्यक्रमको सिलसिलामा मेरो यात्रा त्यहाँसम्मका लागि तय भएको थियो । निकै समयदेखि म त्यसदिनको प्रतीक्षामा थिए ।

त्यसदिन नेपाली मेलामा कार्यक्रम सञ्चालन गर्ने पाटो उद्घोषकको जिम्मेवारीको केही हिस्सा मैले पनि पाएकी थिए ।

त्यसै अवसरमा कुशल प्रस्तोता तथा तमु कलाकार साँस्कृतिक मञ्च यू.के.का अध्यक्ष एवं मेरा उद्घोषक सहकर्मी सुर्य गुरुङसँग चिनजान तथा एउटै मञ्चमा सहकार्य गर्ने मौका पाए ।

अत्यन्तै जोसिलो उहाँको वाचन शैलीबाट म साँच्चिकै प्रभावित भए ।

बेलायतका विभिन्न ठाउँमा छरिएर बसेका नेपालीहरु जसलाई नेपाली मेलाको व्यग्र प्रतिक्षा हुनेगर्छ र हजारौ नेपाली उक्त मेलामा सहभागि हुने गर्छन् ।

यति महत्वपूर्ण कार्यक्रममा मैले यति जोसिलो सहकर्मीको साथमा आफुलाई प्रस्तुत गर्ने जुन अवसर पाए जसको निम्ती म सिंङ्गो तमु धीं यू.के. परिवार र मेला संयोजक एवं तमु धीं यू.के. का उपाध्यक्ष आदरणीय दाइ हितकाजी गुरुङप्रति कृतज्ञ छु ।

त्यसपछिको हरेक दिन मेरो लागि सिकाइमुलक बन्यो । नेपाल जहाँ हामी बस्छौ यो देश र पश्चिमा मुलुक बेलायत त्यहाँका हरेक कुराहरुसँग मैले मेरो देशको संरचनालाई तुलना गर्ने कोसिश गर्थे । तर खासै समानता भने केहि पाउन सकेन ।

त्यहाँको बाटोहरुमा हिड्दा, बस चढ्दा, जमिन मुनि एक सुरे भएर कुदने रेलमा यात्रा गर्दा, घुम्न जाँदा, खाँदा बस्दा सबै कुरामा मैले हामीसँगको समानता भन्दा भिन्ता नै धेरै पाए । मेरो देशले विकास गर्न अभैm कति रहेछ भन्ने कुरा त्यहाँ गएपछि महसुस भयो ।

कुनै पनि कुरा नीति नियम बनाएपछि यसलाई कार्यन्वनमा लगियो भने र त्यहि नियम कानुनमा इमान्दारितापूर्वक देश अघि बढ्यो भने मानिसको सोचमा परिवर्तन हुन र देशले विकासमा फडको मार्न केहि बेर नलाग्दो रहेछ भन्ने कुरा मैले छोटो बसाइमा त्यहाँबाट सिके ।

भौगोलिक रुपमा अत्यन्तै ठूलो र जनघनन्त्व अत्याधिक भएर पनि त्यो देशले गरेको विकास र त्यहाँको नीति नियमहरु देखेर छक्क परे ।

घुमफिरको क्रममा एक दिन बेलायती राज परिवारले आंशिक बसोबासको लागि प्रयोग गर्दै आएको संसारकै ठूलो, पुरानो र ऐतिहासिक महत्व बोकेको Windsor Castel राज दरबारमा पुगे ।

जुन दरबारको तल्लो भाग सर्वसाधारणको लागि खुल्ला छ ११औं शताब्दीमा बेलायती राजा विलियमले करिब दुई दशक समय लगाएर दरबारको निर्माण गरेका हुन ।

तीन तहमा विभाजन गरिएको दरबारको मध्यम र माथिल्लो भागमा आम मानिसको लागि निषेध गरिएको छ । मेरा प्रिया मित्र रिमा गुरुङ र स–परिवारका साथ म त्यहाँ पुगे ।

बेलायतको एकाध ठाउँभन्दा बाहेक ठाउँमा कोलाहल भिडभाड भन्ने कुरा देखिन लण्डन शहरबाट निकै पर रहेको Windsor Castel झनै शान्त र मनमोहक थियो । दृष्य अवलोकन गर्ने, जलविहार गर्ने र कामबाट थकित दिमागलाई पुर्न ताजगी गर्न चाहनेहरुको लागि यो ठाउँ सारै उपयुक्त छ ।

ज्ञान हासिलको हिसाबले यो एउटा पुरात्तात्विक ठाउँ हो किन कि धेरै खाले इतिहास यो दरबारले बोकेको रहेछ । नेपालमा राजतन्त्रको अन्त भएपछि नारायणहिटी राजदरबार सर्वसाधरणको लागि खुल्ला गरियो त्यस यता मैले दुई पटक नारायाणहिटी राजदरबार संग्राहलयको अवलोकन गरेको छु ।

दरबारभित्र प्रयोग हुने सर सामान, युद्धमा प्रयोग हुने हात हातियार जस्ता केहि कुराहरु नेपाल र बेलायती राजपरिवारसँग करिब मिल्दो जुल्दो पाए ।

तर निर्माण संरचनाको हिसाबले नेपालको राज परिवार पनि मजबुद अवस्थामा नरहेछ भन्ने कुरा प्रष्टै मनमा आउँथ्यो । थुप्रै खालको तरङग मनमा पैदा गर्दै हामी त्यहाँबाट फर्कियौ । अर्को दिन तमु समाज यू.के. आमा समुहकी अध्यक्ष प्रिया दिदी माया गुरुङ र उहाँको परिवारको साथमा लण्डन शहरको व्यस्ता ठाउँ घुम्न जाने सबैको रोजाइमा पर्ने The London Eye घुम्न गयौं ।

मानिसको निकै चाप हुने लण्डन आई चढन निकै महङगो पनि थियो । करिब आधा घण्टाको समय लगाएर त्यो ठूलो फन्कोले आफनो गन्तव्य पुरा गरेपछि मन नलाग्दा नलाग्दै पनि त्यहाँबाट झर्नुपर्ने रहेछ ।

लण्डन आइको टुप्पमा पुग्दा त्यहाँबाट देखिने मनमोहक दृष्य, बेलायतको ऐतिहासिक संसद भवन, लण्डन शहरलाई छिचोल्दै बगेको थेम्स नदी, नजिकै देखिने लण्डन ब्रिज र सयौ माइल परासम्म देखिने लोभ लाग्दो दृष्यहरुले मन त सधै यहि टुप्पमा बसी रहन पाउँ जस्तो लाग्ने, त्यहि बेला माया दिदीले फेसबुक मार्फत छिन छिनमा लाइभ दिएर अहिले हामी फलानो ठाउँमा छौ, यहाँको मौसम यस्तो छ,

यी यी दृष्यहरु देखिरहेको छ भन्दै मलाई कस्तो लागि रहेछ बैनी भनेर सोध्द मलाई लाग्थ्यो म कुनै कार्यक्रम स्थल या घटना स्थलमा छु जहाँबाट म प्रत्यक्ष प्रसारणमा जुटि रहेको छु । एकदमै फरक र अनपेक्षित अनुभुति साँगाल्दै त्यसदिन हामीले करिब एक घण्टा थेम्स नदीमा जलबिहार ग¥यौं ।

कहि साथी जस्तै लाग्ने, कतै दिदी जस्तै लाग्ने अनि कहिले अभिभावक जस्तै लाग्न फरासिली माया दिदी र उहाँको परिवारसँगको त्यसको यात्रा जिन्दगीभरको लागि सम्झनालायक यात्रा बन्यो ।

लण्डन बसाईकै क्रममा अर्को घुम्ने साइत जु¥यो तमु धीं यू.के. लण्डन इकाइ आमा समुहका सचिव आदरणीय दिदी दिलमाया गुरुङ र उहाँको परिवारसँग । बेलायती संसद भवन र नजिक रहेको गोर्खा स्मारक, Bucking Hum Palace हुँदै संसारकै उत्कृष्ट संग्राहलय Madame Tussaud मा हामी पुग्यौं ।

सन् ज्ञडघछ स्थापना भएको उक्त संग्रहालय जहाँ संसारका प्रसिद्ध मानवहरुको असली लाग्ने मूर्तिहरु खडा गरेर प्रख्याली कमाएको छ ।

हामी पनि उक्त स्थानमा पुग्यौं र धित मरुन जेल अमिताब बचन, डोनाल्ड ट्रम्प, सारु खान, ऐश्र्वय राय लगायतसँग फोटो खिच्यांै ।

त्यति मात्र नभएर ढुङ्गे युगदेखि अहिलेको नव आधुनिक युगसम्म मानव जातिको विकास क्रमलाई विभिन्न घटना र पात्रका माध्यमबाट उक्त संग्रहलयमा प्रर्दशनीमा राखिएको छ ।

जसको अवलोकनबाट सजिलै पुर्खाहरुको अनुहार पढ्न सकिन्छ । यसरी अध्ययनको दृष्टकोणले महत्वपूर्ण, सभ्यताको हिसाबले सम्पन्नता र संसारमै प्रसिद्ध कमाउन सफल यी महत्वपूर्ण स्थानहरुको प्रत्यक्ष अवलोकन गर्ने मौका अप्रत्यासित रुपमा मलाई प्राप्त भयो जसको लागि प्रिया साथी रिमा, प्यारी दिदीहरु माया र दिलमाया गुरुङप्रति आभारी छु ।

यो सँगै तीन हप्ते बेलायत बसाईका क्रममा थुप्रै यस्ता ठाउँहरु घुम्ने मौका पाए ती हरेक ठाउँहरुले मलाई जीवनमा केहि मात्रामा भए पनि नयाँ अनुभूति गर्न सघाएको छ ।

मनोरञ्जन र घुमघामको पाटो मात्र नभएर त्यहाँ स्थित थुप्रै संघ संस्थाको माया र सम्मान पाउँन सफल भए, थुपै्र असल मनहरु, सामाजिक र बौद्धिक व्यक्तित्वहरु तथा समकालीन साथी भाइहरुलाई त्यसक्रममा प्रत्यक्ष रुपमा भेटने मौका पाए ।

म यतिबेला सम्झी रहेकी छु तमु यू.के.का अध्यक्ष आदरणीय दाइ ज्ञाम गुरुङ, आमा समिति अध्यक्ष भाउजू प्रेमा गुरुङ, वरिष्ठ उपाध्यक्ष आदरणीय दाइ नन्दजंग गुरुङ र दिदी जगतमाया गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ दाई र भाउजू सिता गुरुङ निर्वतमान अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, दिदी पवित्रा गुरुङ, तमु धी यू.के.का महासचिव कृष्ण गुरुङ दाइ,

कोषाध्यक्ष दीपक गुरुङ दाइ, तमु धी यू.के.का संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ दाइ, लमजुङ समाज यू.के.का अध्यक्ष बोहत गुरुङ दाइ, यस्तै समाज सेवी एवं युवा व्यवसायी एवं समाज सेवी दिलरास गुरुङ दाइ र दिदी शोभा गुरुङ,

याङ्जाकोट परिवार यू.के.का अध्यक्ष आदरणीय दाइ क्या.सुर्यप्रकाश गुरुङ र दिदी अनिता गुरुङ तथा सिङ्गो याङ्जाकोट परिवार यू.के.का सदस्यहरु, क्रोम्छै, त्होर्जे, थिम्जे भाइखलक यू.के.का अध्यक्ष आदरणीय काका पूर्णबहादुर क्रोम्छै तमु,

निर्वतमान सचिव आदरणीय दाइ जित क्रोम्छै तमु, सदस्य आदरणीय बाजे बालासिंह क्रोम्छै तमु र बज्यै शोभा केप्छै तमुस्यो,

तमु प्ये ल्हु संघ यू.के.का अध्यक्ष आदरणीय दाइ खुशीमान ल्हेगे तमु, आमा समितिका अध्यक्ष विष्णु तमु लगायत तमु प्ये ल्हु संघ यू.के.का सम्पूर्ण परिवार, तमु धी यू.के.लण्डन इकाइ परिवार तथा दिलमाया दिदी र नन्दप्रसाद दाइ, बन्टओर्क समाज यू.के.,

बिसिसि यू.के. परिवार, तमु समाज यू.के.का अध्यक्ष अर्जुनकुमार गुरुङ तथा आमा सिमतिकी अध्यक्ष आदरणीय दिदी माया गुरुङ, एभरेष्ट टाइम्स पत्रिकाका दाइहरु हरिकुमार गुरुङ (काजी), मधुकर गुरुङ, पूर्ण गुरुङ लगायत सम्पूर्ण टिम, साहारा यू.के.का अध्यक्ष मिन गुरुङ (साइला),

तमु प्ये ल्हु संघ यू.के.का निर्वतमान अध्यक्ष सोम त्होर्जे तमु, एनआर एन यू.के.का पूर्व अध्यक्ष सुर्य गुरुङ, तमु कलाकार साँस्कृतिक मञ्च यू.के.का अध्यक्ष सुर्य गुरुङ,

समाजसेवी तथा तमु संसार पत्रिकामा नियमित रुपमा महिला शसक्तिकरण सम्बन्धी सामग्री लेखि रहनु हुने नन्दकुमारी गुरुङ, नमुना व्युटी सैलुनकका सञ्चालक प्रिया साथी निता गुरुङ, सिक्लेस निवासी दाइ लाल गुरुङ,

ताङतिङ निवासी दाइ लक्ष्य गुरुङ, थाक निवासी दाइ विष्णु गुरुङ लगायतलाई मैले सम्झी रहेको छु ।

सामाजिक संस्थामा आबद्ध भएर विदेशी भुमिमा आफनो रोजगारीसँगै उत्कृष्ट रुपमा संस्था हाक्नु सफल तपाईहरुबाट भावी पुस्ताले धेरै कुरा सिक्ने मौका पाउने छ ।

यहाँहरुको जोस, जाँगर र मेहेनत तथा एकताको म मुक्तकण्ठाले प्रशंसा गर्दछु । साथै यहाँहरुले दिनुभएको माया र सम्मान तथा हौसलाको मैले उच्च कदर गरेको छु ।

मैले एस.एल.सी. परिक्षा उत्र्तिण गरेपछि उच्च शिक्षाका लागि पृथ्वी नारायण क्याम्पसको ढोका ढक्ढक्याउन जाने क्रममा अञ्जानमै बुर्तिबाङ बाग्लुङ घर भएकी रिमा गुरुङसँग चिनजान भएको थियो ।

दिनप्रतिदिन मित्रता बढदै जाँदा हामीले थुप्रै सुख दुःखहरुमा सहकार्य गरेका छौ । एक दिन अचानक उनी नेपाल छोडेर कर्मभूमि बेलायत प्रस्थान गरिन् ।

भौतिक शरिरको दुरी टाढा भएता पनि मनको दुरी भने हाम्रो पहिला भन्दा झन नजिक भएको थियो । यहि मित्रताले डो¥याएर यात्राको क्रममा म सहेलीको लण्डन स्थित घरसम्म पुगे धेरै समयदेखि धित मर्ने गरि गफ गर्न नपाएको हामीलाई यो भेटले थाती रहेको गफ मात्र गराएन झनै आत्मीयता बढायो ।

लण्डन शहरको थुप्रै नामी ठाउँहरु हामीले सँगै घुम्यौ, सबै कुराहरु शब्दमा बयान गर्न नसकँुला तर प्रियजनसँगको भेटले साँच्चै जिन्दगीले एउटा रिफ्रेसमेन्ट पाएको थियो ।

यो अविस्मरणीय साथ सहयोग आत्मीयताको लागि साथी रिमा, लालकाजी दाइ धन्यवादको पात्र हुनुहुन्छ भने मलाई आफनै परिवारको सदस्य जस्तै माया गरेर बेलायत बसाइको क्रममा आवसिय सुविधा उपब्ध गराउनु हुने

मे.डम्मर घले दाइ र केटिमाया घले भाउजूले लगाउनु भएको गुनको म सधैं ऋणी हुनेछु ।

तमु संसार पत्रिकाको स्थापना कालदेखि हाम्रो परिवारसँग जोडिएर तमु संसारको नियमित प्रकाशनको लागि स्थापनादेखि हालसम्म निस्वार्थ भावनाले अभिछिन्न रुपमा लागि पर्नुभएका यस पत्रिकाका सल्लाहकार आदरणीय गुरु पूर्व प्र.अ. एकेन्द्र गुरुङको विशेष पहल र सहयोगमा वास्तवमा त्यो साइत जुरेको थियो ।

भौगोलिक बसाईको दुरी जति टाढा भएता पनि एउटा गुरुले शिष्यलाई गर्नुपर्ने रेखदेख, दिनुपर्ने अर्ती उपादेश, निरन्तरको खबरदारी गर्न उहाँ चुक्नुभएको छैन ।

उहाँकै प्ररेणा र हौसालले कैंयंन कठिन लाग्ने आरोह अवरोहहरुलाई सजिलै छिचोलेको छु । एउटा कुशल गुरुको शिष्यले जति बयान गरेपनि कम हुन्छ । म यतिबेला उहाँको अगाडी नतमस्क छु । सधै हजुरको आर्शिवाद पाइरहुँ यहि चाहाना छ ।

योसँगै मैले धन्यवाद दिनुपर्ने अर्को नाम हो तमु संसारका सल्लाहकार आदरणीय दाइ जुमकाजी गुरुङ, अत्यन्तै सरल, कर्मठ र इमान्दार व्यक्तित्व थुप्रै सामाजिक संघ संस्थाहरुमा कुशल र सफल नेतृत्व गरिसक्नुभएका उहाँले मेरो भ्रमणको प्रोसेसिङमा सुरुवाती समयदेखि एयरपोर्टको अन्तिम बिदाइसम्म भरपुर सहयोग गर्नुभयो ।

कहि अभिवाक जस्तै लाग्ने, कतै आफनै दाइ जस्तै लाग्ने अनि कहिले साथी जस्तै लाग्ने उहाँको मिलनसार र हासिलो व्यवहार र जोशिलो स्वभावको म दिल खुलेर प्रशंसा गर्न चाहन्छु ।

गुनको बदला गुनले नै तिर्नुपर्ने भए मैले हजुरको गुनलाई कहिल्यै पनि तिरेर सक्दिन होला तर म चाहन्छु मलाई पनि यो अवसर मिलोस् । यति धेरै सहयोग, माया र आत्मीयतको लागि जुमकाजी दाइ र कमला भाउजूप्रति म सधै ऋणी छु ।

भ्रमणको अन्तिम समयमा तमु संसारका बेलायतमा रहनुभएको सल्लाहकारहरु तथा शुभेच्छुहरुको टिमले जुन शानदार बिदाई मलाई ग¥यो यो अवसर सायदै मान्छेहरुले पाउने गर्छन ।

सामाजिक क्षेत्रमा आपूmलाई स्थापित गराउन सफल दिग्गज व्यक्तित्वहरुलाई मैले अन्तिम बिदाइको समयमा पनि एउटै मञ्चमा भेटने मौका पाए ।

अझ भनौ मैले सबै बेलायतबासीको भरपुर माया पाए त्योभन्दा खुशी मान्नु पर्ने सायदै अरु के होला र ? यसरी जिन्दगीमै पृथक लाग्ने अनुभूतिहरु सङगालेर म गत १६ से प्टेम्बरमा म नेपाल फर्किए ।

हिथ्रु विमान स्थलमा मेरो अन्तिम बिदाइको निम्ती उपस्थित हुनुभएका मेरा मान्यजनहरुको अगाडि उभिदा मन भावविव्हल भएको थियो फेरि पनि आपूmलाई सम्हालेर केहि कठोर बनाए ।

विमानभित्र प्रवेश गरिसकेपछि जब एक्लोपनको महसुस भयो त्यसपछि भने आपूmलाई सम्हाल्न सकिन र आँखाबाट आँसुका धाराहरुले बाटो खोजि हाल्यो । स्थानिय समय अनुसार बेलुकी

९.३० बजे त्यहाँबाट विमानले जमिन छोड्दा यो मन भने त्यतैकतै अल्झी रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284