
असोज ११ गतेदेखि लुम्लेमा हुने महायज्ञको तयारी पुरा
श्रीभद्र पौडेल
अन्नपूर्ण(लुम्ले) । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ हुन लागेको महायज्ञको तयारी पुरा भएको छ।

यहि असोज ११ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञ गर्ने तयारी गरिएकोमा त्यसको सम्पूर्ण तयारी पुरा भएको बिहीवार(आज) लुम्लेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।जसमा कथा शिरोमणि पं. दिपकप्रसाद पौडेलले प्रवचन गर्ने कार्यक्रम रहेको छ।
यज्ञको गण्डकी प्रदेश सांसद राजीव पहारीले उद्घाटन गर्ने कार्यक्रम छ ।जसअन्र्तगत
११ गते मन्दिर परिषरबाट बाजागाजा सहित शोभायात्रा निकाली यज्ञको समुद्घाटन गरिनेछ ।त्यस्तै १२ गतेदेखि १८ गतेसम्म नियमित कथा प्रवचन, १८ गते दिउँसो तीन बजे भागवतको पुरस्तकमा तिलार्पण, ४ बजेदेखि लक्ष्य बत्ती प्रज्वलन तथा रात्रि जाग्राम कार्यक्रम, १९ गते विहान यज्ञ पुर्णाहुती गरी समापन गर्ने तयारी भइरहेको वडाध्यक्ष चित्रबहादुर गुरुङले बताए ।
महायज्ञ अवधिभर सामुहिक पितृ तर्पण, हवन, अन्नदान, भुमिदान, तुलादान, धान्याञ्चल, ब्राम्हण भोजन, विवाह, व्रतबन्ध, गुन्युचोली, नवग्रहपुजा, चौरासी पुजा सहित पितृको तस्विर राखी आरती अर्पण गर्दै दान गर्न सकिने यज्ञका मिडिया संयोजक श्रीभद्र पौडेलले बताए ।यज्ञको संरक्षकमा अन्नपूर्ण गाउँपालिका तथा सह–संरक्षकमा वडा कार्यालय रहेका छन् ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52