ताजा खबर

आइतबारदेखि हुने घाचोक माछापुच्छ्रे महोत्सवको तयारी पुरा

   १३ बैशाख २०७६, शुक्रबार १९:२२      2,545 views

माछापुच्छ्रे गाउँपालिका–३, घाचोक स्थित परिवर्तनका लागि युवा संजाल(युनेक) नेपालको आयोजनामा आइतवारदेखि सुरु हुने तेस्रो घाचोक माछापुच्छ्रे महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।महोत्सव यहि बैशाख २१ गतेसम्म चल्ने जनाइएको छ ।


आयोजक युनेक नेपालले शुक्रवार पोखरामा पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो । महोत्सवको औचित्यमाथि प्रकाश पार्दै मूल आयोजक समितिका सदस्य सचिव रेशम नेपालीले महोत्सवका आकर्षणहरुमा अन्तर क्लव स्तरीय पुरुष भलिवल प्रतियोगिता, यूनेक डान्सिङ आइडल(सिजन २) को ग्राण्ड फिनाले, मौलिक झाँकी प्रदर्शनी तथा योग प्रतियोगिता लगायत रहेको बताए ।


त्यसका साथै रत्यौली गीत प्रतियोगिता, दुध र बदामबाट बनेका परिकारहरु, होमस्टेमा बस्ने व्यवस्था एवम् हास्य कलाकारका प्रस्तुतिहरु तथा यूनेक नेपाल सामाजिक सेवा पुरस्कार प्रदान गर्न लागिएको पनि उनले जनाए ।


संस्थाका अध्यक्ष मौसम कार्कीले पहिला उत्सवको रुपमा मनाउँदै आएको मेलालाई यसपटक महोत्सवको आकार दिएको भनाई राखे ।उनले महोत्सवमा कुल ६५ वटा स्टल रहने जसमध्ये १५ वटा कृषि प्रायोजनका लागि निःशुल्क उपलब्ध गराउने पनि जानकारी दिए ।



साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284