ताजा खबर

आग्लागीमा परि घाईते सिमा खत्रीलाई सहयोग गर्न अपिल

   ८ माघ २०७५, मंगलवार ११:५९      2,418 views

कास्कीको मादी गाउँपालिका वडा नं. १२ पहिरे भगवतीटार निवासी ९ वर्षि सीमा खत्री आग्लागीमा परि सख्त घाईते भएकी छिन ।

बमबहादुर खत्री र मीनकुमारी गुरुङ खत्रीकी छोरी सीमा विहान विद्यालय जानका लागि तयारी हुँदै गर्दा आफनै घरको अगेनामा बलिरहेको आगो आफैले लगाएको फ्रकमा सल्किएपछि सख्त घाइते हुनु भएको थियो । मादी १२ भगवतीटारमा भगवती आधारभूत विद्यालयमा ३ कक्षामा अध्ययनरत सिमाको आगलागीमा परेर कम्मर मुनिको भाग पुरै जलेको छ ।


गत पुस १६ गते विहान घरमा कोहि नभएका बेला सो घटना घटेको बताईको छ । आफनी आमा घर फर्किदा सिमा पुरै जलेर अचेत अवस्थामा फेला आमा मीनकुमारी गुरुङ खत्रीले जानकारी दिनुभयो । घटना पश्चायत मणिपाल हस्पिटल पोखरामा २२ दिनको उपचारपछि विरामीको अवस्थामा कुनै सुधार नआएकोले गत माघ १ गतेदेखि सुष्मा कोइरला मेमोरियल हस्पिटल काठमाडौमा अहिले सिमाको उपचार भईरहेको छ ।


सिमाको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा समस्य भएको भन्दै आमा मीनकुमारी गुरुङ खत्रीले सहयोगको लागि सबैसँग अपिल गर्नुभएको छ । हालसम्म उपचारमा ३ लाख रुपैंया खर्च भएको र अभैm एक महिना हस्पिटलमा राखेर उपचार गर्नुपर्ने डाक्टरहरुले सुझाव दिएको र आपूmहरुलाई आर्थिक अभाव भएको परिवारले जनाएको छ ।


सिमालाई सहयोग गर्न चहाने इच्छुक व्यक्तिले सिमाको आमा मीनकुमारी गुरुङ खत्रीको मोबाईल नं ९८१६६४५९९० मा सम्पर्क गर्नु सक्नुहुनेछ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284