ताजा खबर

आजदेखि मालेपाटन खेल मैदानमा तेश्रो अभियान पुरुष भलिबल प्रतियोगिता सुरु

   १६ जेष्ठ २०७६, बिहीबार १९:५१      2,784 views

खेललाई विशेष महत्व दिदै वडा जिल्ला प्रदेशहुँदै राष्ट्रिय खेलाडी उत्पादन गर्नुपर्नेमा पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष धन बहादुर नेपालीले बताएका छन् । खेलले आपसी भाईचाराको विकासका साथै उत्कृष्ट खेलाडी उत्पादन गर्ने हुँदा आफू सहकार्य गर्न सधै तयार रहेको बताए ।

पोखराको मालेपाटन खेल मैदानमा अभियान युवा क्लवको आयोजनामा बिहीबार भएको तेश्रो अभियान पुरुष भलिबल प्रतियोगिता २०७६को उदघाटन गर्दै उक्त कुरा बताएका हुन् ।
बेस्ट अफ थ्री नक आउटको आधारमा खेलाईएको प्रतियोगिताको उदघाटन खेलमा । लौरुक युथ क्लवले २५–१२, १७–२५ र २५–१८ को अंकले चिल्लीबारलाई पराजित गरेको छ ।¬ त्यस्तै बिहीबारनै भएको दोश्रो खेलमा बाराही माविले डाइमण्ड स्कुललाई २५–१९, २५–२१ को सोझो सेटले जित हासिल गरेको छभने बिहीबारको अन्तिम खेलमा जिब्रे ढुङ्गा क्लव अनुपस्थित हुदाँ वाकओभरको आधारमा साइनिङ्ग स्टार स्कुललाई विजेता घोषणा गरिएको हो ।

कुल १४ टिमको सहभागिता रहेको प्रतियोगितामा शुक्रबार ७ खेल खेलाईने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको बिजेतालाई नगद रु ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु ३० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र रहने कुरा आयोजकले जनाएको छ । त्यस्तैगरि बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट स्पाईकर, बेस्ट प्लेएर, बेस्ट स्पाईकर, बेस्ट सर्भरको विधालाई ट्रफी, प्रमाणपत्र दिईने र अनुशासित टीमलाई प्रशंसा पत्र दिईने आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष मोहन बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका संयोजक धर्मेन्द्रले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन
क्लबका सचिव राजु गिरीले गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284