ताजा खबर

आजबाट गन्धर्व नाटकघरमा नाटक निरमाया मञ्चन हुने

   २७ पुष २०७५, शुक्रबार ०७:३५      3,028 views

आजदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक निरमाया मञ्चन हुने भएको छ । पोखरा थिएटरले बिहिबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार नाटक पौष २७ गतेदेखि माघ १२ गतेसम्म नियमित मञ्चन हुनेछ ।

झण्डै दूई घण्टाको अवधिको यस नाटकले नाट्यप्रेमी दर्शकको माया पाउनेमा नाटक युनिट विश्वस्त छन् । नाटकका लेखक सरुभत्त श्रेष्ठले आफुले झण्डै ३० वर्ष अगाडी लेखेको कथा भएपनि आजको समाजसँग दुरुस्ते मिल्ने बताए ।

‘गरिब, शोषित, दलित, यौन पिडित यहि समाजको नाङ्गो यर्थाथलाई अभिव्यक्त गर्ने अभिप्रायले नाटक निरमाया सिर्जना भएको हो’ श्रेष्ठले भने । कलाकारले गरेको मेहनतलाई आफुले नजिकबाट निहालिरहेको भन्दै वरिष्ठ साहित्यकार श्रेष्ठले पोखराको नाट्य क्षेत्रमा यसले दिर्घकालसम्म महत्व राख्ने बताए । पोखरामा थिएटर सञ्चालन हुनु र नियमित रुपमा नाटक हुने परम्पराले नाट्यप्रेमीलाई उत्साहित बनाएको उनले बताए ।


यसैगरी नाटकका निर्देशक परिवर्तन कार्कीले नाटकलाई परिपक्क बनाउन निकै मेहनत गरेको बताए । यसअगाडी बितेका कुरा नाटक निर्देशन गरी निर्देशकको परिचय बनाएका उनले निरमाया नाटकले आफ्नो परिचयमा परिपक्कता थप्ने विश्वास व्यक्त गरे । ‘आज पनि महिलाहरुको अवस्था उस्तै छ, दलितहरुको अवस्था उस्तै छ, दलितहरुको अवस्था उस्तै छ,, आर्थिक असमानता विषम छ’ उनले भने । निरमाया हेरिसकेपछि समाजमा रहेका यस्ता विषम असमानताहरुमा पुर्नविचार गर्ने उर्जा मिल्नेमा परिवर्तन विश्वास गर्छन् ।


नाटकका कलाकार तथा ड्रामाटर्ज प्रकाश घिमिरेले आफ्नै ठाउँमा नाटक घर बन्नु र अभिनय गर्न पाउनु कलाकारको लागि अहोभाग्य भएको बताए । नयाँ तथा पुराना कलाकारको मिश्रणले नाटकलाई उत्कृष्ट बनाएको दावी उनले गरे । ‘क्रान्तिहरु किन हुँदा रहेछन् भन्ने यर्थाथलाई नाटकले उजागर गरेको छ’ घिमिरेले भने ।


पोखरा थिएटरका संरक्षक शंकरनाथ कोइरालाले नाटकघर सबैको साझा भएको भन्दै यसको संरक्षण प्रर्वद्धन सबै मिलेर गर्नुपर्ने बताए । पोखरा थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले नाटकमा २३ जना कलाकारले अभिनय गरेको बताए ।

नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेश बाबु तिम्सीना, निश्चल विमल, सुर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्द रमण पराजुली, सन्दिप पाण्डे, इश्वर कार्की, सोनिया कार्की, प्रतिक घिमिरे, मनिषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिना आदीको अभिनय रहनेछ । गन्र्धव नाटकघरमा मञ्चन हुने यो २३ औँ नाटक बन्नेछ ।

नाटह हरेक दिन साँझ पौने ५ बजे मञ्चन हुनेछ भने शनिबार तथा विदाको दिनमा अतिरिक्त सो मार्फत समेत देखाइनेछ । नाटक हेर्न २ सय, ३ सय र ५ सयको टिकट लाग्नेछ । निरमाया नाटक पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन हुने पाँचौ नाटक हो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284