ताजा खबर

आठौं राष्ट्रिय खेलकुद १३औं सागको तयारी तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन

   ७ फाल्गुन २०७५, मंगलवार १९:५८      2,408 views

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले आठौं राष्ट्रिय खेलकुद र नेपालको प्रतिष्ठासँग जोडिएको १३ औं साग प्रतियोगिताको तयारी तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्-राखेप र नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसँगकाे छलफलपछि यस्तो निर्देशन दिइएको हो । समितिमा भएको छलफलमा सांसदहरुले खेलकुदमा भएको राजनीतिक करणलाई हटाउन र अहिले देखिएको विवादित संघहरुका विषयमा चासो राखेका थिए ।

यसैगरी नेपालीलाई खुशरी बनाउने खेलकूद भित्रको गलत प्रवृति अन्त्य गरि स्वच्छ र मर्यादित बनाउन सरोकारवाला निकायका योजना के छन् भन्ने सांसदहरुकाे जिज्ञासामा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले समग्र खेलक्षेत्रको बारेमा जवाफ दिनुभएकाे थियाे ।

उहाँले नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउने अवसरको रुपमा १३ औं सागलाई लिएकाले सफलतापूर्वक सम्पन्न गर्नेगरी काम अघि बढेको जानकारी गराउनुभयाे ।

आठौं राष्ट्रिय खेलकुदको तयारी पनि अन्तिम चरणमा पुगेको बताउँदै उहाँले चैत मसान्तभित्र प्रतियोगिता जानकारी दिनुभयाे ।

यसैगरी नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालले अहिलेबाटै कामलाई गति दिन नसके पूर्वाधार तयार हुँदा पनि १३औं साग आयोजना नहुने तर्फ सचेत गराउनुभयाे । राखेपका सदस्य सचिव केशबकुमार विष्टले आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार तयारीको काम चलिरहेकाले चाँडै पूरा हुने बताउनुभयाे ।


साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284