ताजा खबर

आदिवासी जनजाति चलचित्र महासंघद्घारा विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री वितरण

   ३० चैत्र २०७६, आईतवार १९:१४      1,520 views

नेपालको विभिन्न अस्पतालहरुमा आदिवासी जनजाति चलचित्र महासंघ मार्फत पिपिइ लगाएतका स्वास्थ्थ सामाग्रीहरु वितरण गरिएको छ ।

तीव्र गतिमा फैलिदै गईरहेको कोरेना भाइरस (कोभिड १९) संक्रमित बिरामीका लागि नेपालमा चेक जाँच तथा उपचारको लागि आवश्यक पर्ने पिपिई लगाएत स्वास्थ्थ सामाग्री अभावका भईरहेको बेला नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सहयोगमा उक्त सामाग्री उपलब्ध गराएको हो ।


अहिले पनि नेपालका अधिकांश अस्पतालमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिइ) नभएको कारण स्वास्थ्यकर्मीले बिरामी जाँच्न आनाकानी गरिरहेका छन् ।


महासंघ मार्फत वितरण गरिएको स्वास्थ्य सामाग्रीमा दुई सय पचास थान पिपिई, ५ सय थान माक्स, २० थान सेनिटाईजर लगाएतका रहेका छन् । सामाग्रीहरु सशस्त्र प्रहरी बलको नेपाल एपिएफ अस्पताल बलम्बु, धुलिखेल हस्पिटल धुलिखेल, कान्ति बाल अस्पताल महाराजगन्ज, मेडिकियर अस्पताल चाबहिल, स्तुपा सामुदायिक अस्पताल बौद्घ, सेचेन क्लिनिक तथा हस्पिटल बौद्घ, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा बितरण गरिएको छ ।


त्यसैगरि प्रदेश १ मा बिपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल जनकपुरधाम, गण्डकी प्रदेशमा पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पोखरा, प्रदेश ५ मा लुम्बिनी प्रादेशिक अस्पताल वुटवल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक ंअस्पताल सुर्खेत, र सुदुरपश्चिम प्रदेशकामा सेती प्रादेशिक अस्पताल धनगढीलाई वितरण गरिएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284