ताजा खबर

आधारभुत पत्रकारीता सम्बन्धि तालिम ः अभिव्यक्ति स्वतन्त्रता प्रति सरकार प्रतिवद्ध छ ः मन्त्री चुमान

   ७ पुष २०७५, शनिबार ०६:४९      1,329 views


पोखरामा शुक्रबार देखी युवा पत्रकार सञ्जाल, गण्डकीको आयोजनामा आधारभुत पत्रकारिता सम्बन्धि तिन दिने तालिम सुरु भएको छ । नवप्रवेशी पत्रकारहरूलाई पत्रकारिताका मान्य सिद्धान्त एवं पेसागत मानक अनुसारको समाचार संकलन तथा लेखनका आधारभूत सीपहरू सिकाई उनीहरूको पेसागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सञ्जालले जनाएको छ ।


तालिमको उद्धघाटन गर्दै गण्डकी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका सम्बन्धमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले कानुनहरु निर्माणको प्रक्रियामा रहेको प्रदेश सरकारले थुप्रै कानुनहरुको ड्राफ्ट तयार पारिसकेको उल्लेख गर्नुभयो ।
मानवका लागी बनाईने कानुन पुर्ण रुपमा मानविय हुने उहाँले बताउनुभयो । संविधानमा गरिएका व्यवस्था अनुकुलका कार्यान्वयनमुखी कानुनहरु निर्माण गर्ने कार्यमा प्रदेश सरकार सचेत रहेको मन्त्री चुमानले बताउनुभयो ।


स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले पत्रकारीतालाई भर्याङ्को रुपमा प्रयोग गर्नेहरुको हालिमुहाली बढिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरि तथ्यमा आधारित निष्पक्ष पत्रकारिताको आवाश्यकतामा जोड दिनुभयो ।वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले पत्रकारीता मार्फत समाज परिवर्तन सम्भव रहेको बताउनुभयो । यसका लागी थापाले खोजमुलक पत्रकारीतामा पत्रकारहरुको चासो बढ्नु आवाश्यक रहेको तर्क गर्नुभयो ।
पोखरा महानगरपालिकाका सुचना अधिकारी गंगालाल सुवेदीले नागरीकलाई सुसोचित गर्ने कार्यमा संचारकर्मीको भुमिका महत्वपुर्ण हुने भएकाले तथ्यमा आधारित सुचना प्रवाहमा जोड दिनुभयो ।
तालिमका प्रशिक्षक एंव अग्रज पत्रकार भरत कोईरालाले सहभागीहरुलाई तालिमको भरपुर उपयोग गर्न सुझाउनुभयो । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा प्रयोग गर्न सके मात्र उलब्धि प्राप्त गर्न सकिने उहाँको तर्क छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284