
आफनो आँसु पुछें, अब सबै जनताको आँस पुछछु ः विद्या
नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ल्याएको उल्लेख गर्दै एजेन्डा र विचारको राजनीतिमै अबको जीवन लगाउने प्रतिवद्धता गरेकी छन ।

अकस्मात भोग्नुपरेको दुर्घटनामा जीवनसाथी गुमाएपछि आँसु पुछेर आफू चुनावी मैदानमा आएको उनले बताइन ।
नेकपाको चुनावी प्रचारप्रसार तथा घरदैलोमा पोखरा २० मौजामा भएको कार्यक्रममा उनले भनिन ‘म आँसुको राजनीति गर्न आएकी हैन, बाँकी भएको आँसु पनि पुछेर आएकी छु । अब जनताका दुःख निवारण गर्दै सबैको आँसु पुछ्छु ।’
भट्टराईले आफू समृद्ध नेपाल, सुखी नेपालीको संवाहक बन्ने प्रतिवद्धतासमेत गरिन । मतदातासँग उनले विभेद मुक्त समाज निर्माण गरी सबैलाई आत्मनिर्भर बनाउन नेतृत्वदायी भूमिका खेल्ने वाचा गरिन्। मोहरिया, मौजा भलामको बाटो निर्माण सम्पन्न गर्ने, आँटीघर मौजालाई पर्यटकीय क्षेत्र बनाउने र यो क्षेत्रमा कृषि र पशुपालनलाई व्यवसायीकरण गर्ने उनले सुनाइन ।
नेकपा केन्द्रीय सदस्य श्रीनाथ बरालले समृद्धिको जग राख्ने नेकपालाई समृद्धिको सारथि बन्ने जिम्मा जनताले दिइसकेको बताए । प्रदेशसभा सदस्य मनबहादुर गुरुङले अबको २ वर्षमा कुनै नेपाली सुकुम्बासी नरहने दाबी गरे । उनले भने, ‘सरकारले कानुन बनाइसकेको छ ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52