
आमा
रोशनी गुरुङ

आमा तिमीसँगको
मेरो सम्बन्ध पूर्व जन्मको हो
त्यसैले त तिमीसँग मेरो
मुटु जोडिएको छ
स्नेह बाँडिएको छ
यहाँ सम्बन्धको किनबेच र
भाग बन्डा हुने त पराईसँग हो
तर तिमीसँगको सम्बन्ध त
त्यो भन्दा धेरै माथिको हो
जहाँ कुनै स्वार्थ छैन
मुरीका मुरी मायाको भकारी छ
तिम्रो विशाल छाती नै
मेरो लागि खुल्ला संसार हो
तिम्रो आँट र भरोसा नै मेरो लागि
संघर्षको पहाड चढ्ने दरिलो खुट्टा हो
कहिल्यै नभाँचिने विस्वासीलो लौरो हो
म तिमीलाई
अरुले नसम्झेको बेला सम्झिन्छु
अरुले सम्झेको बेला सम्झिन्छु
तर सबै सम्झनाहरुको फोटोकपी गरेर
म तिमीलाई देखाउन सक्दिन
किनकि यिनै सम्झनाहरुको
पाण्डुलिपि यो दिलमा कैद गरेर
तिमीलाई कहिल्यै नमर्ने र नमेटिने
असली शब्दहरुको उपहार दिन मन छ
नाकि कुनै फोटोकपीरूपी सम्झना होइन
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26