
आमा

जसु गुरुङ
म त तिमीलाई भेट्ने आशा मा
धेरै भौतारिए, कहि कतै भेटिन
हेरेँ,चारै तिर खोजेँ,अहँ ,देखिन
फेरि पनि
कतै जलपरि झै,
तालको बिचबाट निस्कन्छ्यौ कि झै लाग्यो
ताल मा हेरि टोलाए, तर अहँ ,देखिन
कतै चलचित्रकै नायिका झै
डाडाँडाडाँ पछ्येउरी उडाउदै भाग्छ्यौ झै लाग्यो
हावाको स्पर्शले झस्कायो, तर अहँ, देखिन
कतै न्यानो अङगालो झै
दुवै हात फिजाउदै आउछ्यौ कि झै लाग्यो
हात खाली नै बाधिए, तर अहँ, देखिन
कतै माछी झै
र्याफि्टङ गर्दै खोलिमा पौडिदै आउँछ्यौ झै लाग्यो
खोलीको वेगले छ्याप्यो ,तर अहँ ,देखिन
कतै फूलबारिमा माउ मौरीले झै
मेरो लागि आहार खोज्दै डुल्दैछ्यौ कि झै लाग्यो
काडै काँडा ले घोच्यो,तर अहँ,देखिन
कतै पर प्राकृतिक सुन्दर गाउँकि गोरि झै
छिटको गुन्यो चोलीमा पो सजिदै छ्यौ झै लाग्यो
बादल घुम्टो ओड्दै आयो,तर अहँ,देखिन
आमा
धेरै बेर खोजि हिडेँ
जताततै खोजि हिडेँ
खोज्दा – खोज्दा
मेरा यी गोडा गले
मेरा यी नयन थाके
चिच्याए ,
गला सुक्यो
पहिला संगै हिडेका
निन्द्रा देवि
अनि
भोक देबि सबैले
साथ छोड्न थाले
एक्लो भो दुनियाँ
एक्लो भो मन ,
एक्लोपनको साथमा
हिडेँ फेरि
तिम्रो न्यानो मायाको
अनि
साहराको खोजीमा
दौडिए म
धेरै धेरै नै दौडिए
अहँ,कहिँकतै देखिन
अहँ,कहिँकतै भेटिन
साच्चै,
आमा,म तिम्लाइ भेट्ने आशमा
धेरै भौतारिए, कहि- कतै भेटिन
हेरेँ,चारै तिर खोजेँ ,अहँ ,देखिन
आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38