आर्थर डाँडाखर्क र पञ्चासेको विकासका बादसाह स्व.गोपाल गुरुङको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
पोखरा / पर्वतको आर्थर डाँडाखर्क र समग्र पञ्चासेको विकासमा आफनो पुरै जीवन सर्मपण गर्नुभएका समाजसेवी गोपाल गुरुङको श्रद्धाञ्जली कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ
गत साउन ९ गते उहाँको दुःखद निधन भएको थियो ।आज १३औं दिनको पुण्य तिथिको अवसरमा शोकसभा सम्पन्न भएको हो ।
वि.सं. २०१४ साल वैशाख २५ गते पर्वतको कुश्म नगरपालिका वडा नं. १४ (साबिकको आर्थर डाँडा वडा नं. ५) जरेखोलामा बाबा आइबहादुर गुरुङ र आमा कुम्भकुमारी गुरुङको कोखबाट जन्मिनु भएका गोपाल गुरुङ वि.सं. २०४३ सालमा भएको निर्वाचनबाट तत्कालिन आर्थर गाउँपञ्चायतको सबै भन्दा शिक्षित र कान्छो प्रधानपञ्चको रुपमा निर्वाचि हुनुभएको थियो ।
उहाँले आफनो कार्यकालमा आर्थरमा विद्यालय भवन निर्माण गर्ने, स्वास्थ्य चौकी स्थापना गर्ने, गाउँलाई सडक सञ्जालसँग जोड्ने लागयतको महत्वपूर्ण कामहरु गर्नुभयो ।
वि.सं. २०४५ सालदेखि उहाँले आर्थरमा सामुदायिक वनको प्रवद्र्धन गरी कुल ५ वटा सामुदायिक वन दर्ता गराउनुभयो । यस्तै गा.वि.स.को खाली जग्गामा विभिन्न प्रजातिका ५० हजार रुख रोपेर गाउँलाई नै हराभरा बनाउनुभयो ।
२०५६ सालदेखि पञ्चासे क्षेत्रको जैविक, धार्मिक तथा पर्यटन प्रवद्र्धनमा जुटनभयो । उहाँले पञ्चासेको ग्रामिण पर्यटन विकासको गुरु योजनाकार भएर काम गर्नुभयो । यस्तै आर्थर डाँडाखर्कमा अवस्थित पर्वत जिल्लाकै सबै भन्दा पुरानो बौद्ध गुम्बा संगम त्होर्जे छ्यालिङ गुम्बाको मर्मतमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
यस्तै पञ्चासेमा हेलिप्याड निर्माणमा पनि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । पञ्चासे वरपरको क्षेत्रमा मठ मन्दिर, धर्मशाला, गोरेटोबाटोको चक्रपथ निर्माण तथा धरहरा बनाउने काममा पनि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
उहाँकै पहलमा पञ्चासेमा रेनवाटर हार्भेस्टिङ प्रविधिद्धारा खानेपानीको व्यवस्था मिलाउनु भयो ।
यस्तै नेपाल धाम पञ्चासेसँगको सामिप्यतामा रहेर पञ्चासेलाई पञ्चधामको रुपमा प्रवद्र्धन गर्ने काम गर्नुभयो । उहाँले ग्रामीण पर्यटन महासंघको केन्द्रिय सदस्य भएर पनि काम गर्नुभयो ।
यस्तै पञ्चकोशी मा.वि.को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रहेर विद्यालयको भौतिक र शैक्षिक उनन्न्यनमा महत्वपूर्ण योगदान दिनुभयो । गाउँको पुरानो पशु पोखरी संरक्षण गर्ने उद्देश्यले करिब दुई दर्जन पोखरीहरुको मर्मत र संरक्षण गर्ने काम गर्नुभयो । उहाँकै पहलमा गाउँमा ११ घरबाट सुरु भएको होम स्टे अहिले बढेर १९ घरमा सञ्चालनमा आएको छ ।
पुरस्कार तथा सम्मान
यसरी सामाजिक काममा सक्रिया रहदा उहाँले थुप्रै सम्मानहरु प्नि पाउनु भएको छ। उहाँ नेपाल सरकार वन विभागद्धारा २०७५ सालमा सम्मानित हुनुभएको छ । माछापुच्छे« विकास संघद्धारा पञ्चासे संरक्षण पुरस्कारद्धारा सम्मानित हुनुभएको छ ।
संघ संस्थामा आबद्धता
उहाँ पञ्चासे संरक्षित वन मूल परिषदको अध्यक्ष, पञ्चासे क्षेत्र विकास समितिको अध्यक्ष, नेपाल ग्रामिण पर्यटन महासंघको केन्द्रिय सदस्य, नेपाल पञ्चधाम पञ्चासेको उपाध्यक्ष, माछापुच्छे« विकास संघको सल्लाहकार, पञ्चकोशी मा.वि. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, पञ्चासे क्षेत्र होम स्टे नेटवर्कको सल्लाहकार, सामुदायिक वन उपभोक्त समुह आर्थरको सल्लाहकार र आर्थर डाँडाखर्क कोन परिवारको पनि सल्लाहकार हुनुहुन्थ्यो ।
पर्वतको ठूलीपोखरी स्थित जनता सुदर्शन मा.वि.बाट २०३२ सालमा एसएलसी परिक्षा उत्र्तिण गरेपछि काठमाडौंको आरआर क्याम्पसबाट आईए र राजनीतिशास्त्रमा बिएसम्मको अध्ययन गर्नुभएका गोपाल गुरुङ नेपालमा पञ्चायती व्यवस्थाको अन्त भएपछि पनि पुनः पूर्ण बहुमतका साथ रा.प्र.प.को प्रतिनिधिभएर २०५३ सालदेखि २०५८ सालसम्म गा.वि.स अध्यक्ष भएर काम गर्नुभएको थियो ।
आज पोखराको पञ्कोशी आर्थर डाँडा खर्क समाज पोखरामा आर्थर डाँडाखर्क कोन परिवारको आयोजना भएको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गोपाल गुरुङले पञ्चासे क्षेत्रको समृद्धिको लागि देखेको सपना अब सबै मिलेर पुरा गर्नुपर्ने भन्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
कार्यक्रममा माछापुच्छ«े विकास संघका कोषाध्यक्ष जुमप्रसाद गुरुङ, धर्मगुरु मिन गुरुङ लगायतले शोक मन्तव्य राख्नुभएको थियो । भने कार्यक्रममा सहभागिहरुले उहाँको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
आर्थर डाँडाखर्क कोन परिवारका अध्यक्ष क्या.हितमान गुरुङको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन सचिव चिजकाजी गुरुङले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09