
इन्जिनियर मञ्जु गुरुङ, गुरुङ समुदायको आशा लाग्दो प्रतिभा
रोशनी गुरुङ / सम्पादक मादी न्युज
इन्जिनियर मञ्जु गुरुङ एक उदयमान र र आशा लाग्दो प्रतिभा हुन । हालै मात्र पोखरा विश्व विद्यालयबाट सफ्टवयर इन्जिनियरिङमा ३.०४ जिपिए ल्याएर स्नातक तहको अध्ययन पुरा गरेकी मञ्जु सानैदेखि पढाईमा अब्बल थिईन ।

लमजुङको क्होला सोंथर गाउँपालिका वडा नं ८ घाम्राङमा आज भन्दा २४ वर्ष अघि तमू कवि लेखक एवं शिक्षक केयरसिंह गुरुङ, श्रीमती चन्द्रकुमारी गुरुङको कोखबाट जन्मेका मञ्जुले पोखराको रामघाटमा रहेको टप्स मा.वि.बाट एस.एल.सी र विज्ञान विषयमा कक्षा १२ सम्मको अध्ययन गरेपछि थप अध्ययनका लागि उनी पोखरा विश्व विद्यालय छिरेका थिए ।

पढाईमा मात्रै नभएर उनी विद्यालयमा आयोजना हुने हरेक अतिरिक्त क्रियाकलापमा आफनो बलियो प्रभाव जमाउन सफल हुनथिन् । उनले टप्स मा.वि.मा पढने बेला नै राष्ट्रपति कपमा ३ पटकसम्म भलिबलको राष्ट्रिय गेम खेलेका छन् । यसका आलवा मञ्जुलाई चेस र टेवल टेनिस पनि राम्रै खेल्न आउँछ ।

पढाई र खेलकुद मात्र होइन उनको प्रतिभा गीत गाउनमा पनि रहेको छ । फुर्सदको समय गीत गुनगुनाउन मन पराउने उनले लमजुङको मप्याङ गाउँको गीतमा पनि आफनो आवाज दिएकी छिन् भने विभिन्न एफएम रेडियोहरुले बेलाबेला आयोजना गर्ने गायन प्रतियोगिताहरुमा पनि थुप्रै पुरस्कार जितेकी छिन । यस्तै नृत्य विधा पनि उनको रुचिको विधा हो । उनले स्कूल पढदा ताका नै कास्की च्याम्पियन डान्स आइडलमा सान्त्वाना स्थान हाँसिल गरेकी थिइन् ।

अब चाँडै स्नाकोत्तर तहको अध्ययनका लागि क्यानडा जाने तयारीमा रहेकी मञ्जु आफनो अध्ययन पूरा भएपछि नेपालमै आएर काम गर्ने बताउँछिन । समय मिलेसम्म आफनो रुचिको अन्य विषयलाई पनि सँगै अगाडी बढाउने उनको योजना छ ।

आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26