
ईआइदो एण्ड केन्दो संघ गण्डकीको संयोजकमा विधान गौतम
नेपाल ईआइदो एण्ड केन्दो संघ गण्डकी तर्दथ समितिको संयोजकमा विधान गौतम चयन भएका छन् । शुक्रबार पोखरामा भएको गण्डकी प्रदेशको प्रारम्भिक भेलाले गौतमको संयोजकत्वमा ११ सदस्यिय तदर्थ समिति गठन गरेको हो ।

जसको सह–संयोजकमा मनोज जंग राणा, सचिवमा राजाराम पौडेल, कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य र सहसचिवमा रामेश्वर सुवेदी चयन भएका छन् । यसैगरी सदस्यमा टंक ढकाल, सागर बराल, अनिल केसी, अर्जुन कोइराला, महेश पौडेल, राहुल कुँवर छानिए । सल्लाहकारमा प्रकाश बराल, सन्तोष घिमिरे, इन्द्र पौडेल, महेश्वर रिमाल र नविन प्याकुरेल रहेका छन् ।
यसअघि नेपाल ईआइदो एण्ड केन्दो संघ गण्डकी प्रदेश भेलामा बोल्दै जिल्ला खेलकुद विकास समिति कास्किका कार्यालय प्रमुख प्रकाश बरालले केन्दो खेलको विकासमा आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताए ।
उस्तै खबर





Awesome https://is.gd/N1ikS2
Written by Helena2828 2025-04-29 23:35:08