
उपप्रमुख गुरुङद्धारा निर्माणाधिन पोखरा विमानस्थलको अवलोकन
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले मंगलबार निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेकी छन् । विमानस्थल निर्माणका लागि पुगेकी उनले विमानस्थल निर्माणमा भैरहेका काम बारे चासो राखेकी थिइन् ।

उनलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनानकर्मीले अहिलेसम्म निर्माणमा भएको प्रगति बारे जानकारी गराएका थिए । निर्माणको काम तीव्र रुपमा भएकोमा खुसी व्यक्त गर्दै उनले यही गतिमा निर्माण कार्यलाइ निरन्तरता दिन सुझाव दिइन् ।
उनले राष्ट्रिय गौरवको आयोजना भएकाले पोखरेलीको मात्रै नभएर देशकै चासो रहेको भन्दै ढिला गर्न नहुनेमा जोड दिइन । उपप्रमुख गुरुङले विमानस्थल निर्माणले पोखरा र गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिको ढोका खुल्ने बताइन् ।

उनले बाह्य पर्यटक सिधै पोखरा आउने भएकाले यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरिन् । उनले पोखरा अन्तराष्ट्रिय शहरका रुपमा विकास हुने भएकाले विमानस्थल निर्माणसंगै अन्य भौतिक पूर्वाधार निर्माणमा ध्यान दिइने बताइन् । विमानस्थल निर्माणसंगै पृथ्वीचोकदेखि कोक्रेसम्मको सडक फराकिलो बनाउने तर्फ ध्यान दिइने बताइन् ।
निर्माण कार्य सुरु भएको १४ महिनामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकोे काम ३० प्रतिशत सकिएको छ । वि.स.२०३२ सालमा विमानस्थल निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गरेपनि विभिन्न कारणले निर्माणको काम सुरु हुन सकेको थिएन् । त्यसैले अझै पनि विमानस्थल बन्छ भन्नेमा शंका ब्यक्त हुने गरेको छ ।
तर विमानस्थलमा भैरहेको कामले विमानस्थल समयमै सम्पन्न हुनेमा शंका नभएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनानकर्मी बताउछन् । सन् २०२१ को जुलाई १० मा सक्नु पर्ने सम्झौता भएपनि तोकिएको समय सिमा भन्दा ६ महिना अघि नै सक्ने गरी काम युद्ध स्तरमा भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनानकर्मीको भनाई छ ।
अहिले विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओर्लेने स्थान),ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भइरहेको छ । १४ महिनामा सबैभन्दा धेरै समय लाग्ने महत्वपूर्ण ३० प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेकोले समय सिमा भन्दा छिटै अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुने मुनानकर्मीले बताउनुभयो । विमानस्थलभित्र १४ वटा भवन निर्माण हुने छन् ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26