
उर्जा बचतको लागि अनुदानको व्यवस्था
पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले उर्जाको कम खपत गरी प्रतिष्पर्धी क्षमता बृद्धि गर्न उद्योगी÷व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

उर्जाको कम खपतले राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पु¥याउने भएकोले उर्जाको सही सदुपयोग गर्न पनि उहाँको आग्रह थियो कार्यबाहक अध्यक्ष कोइराला पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय बाणिज्य बैंक तथा जर्मन विकास बैंक एवं नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा सोमबार आयोजना उर्जा बचत तथा अनुदानबारे जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो ।
उहाँले दुई वर्षअघि देशले उर्जा संकट भोग्दैगर्दा उद्योग÷व्यवसायको लागत बढेको स्मरण गर्दै उर्जाको चुहाबट नियन्त्रणतर्फ पनि ध्यान पु¥याउनु पर्नेमा जोड दिनुभयो । उर्जाको महत्व बुझेर नै जर्मन विकास बैंकको सहयोगमा नेपालको राष्ट्रिय बाणिज्य बैंकमार्फत उर्जा बचतको लागि अनुदानको व्यवस्था गरिएको उहाँको भनाई थियो ।

जर्मन सहयोग संस्था ( जिआइजेड) उर्जा बचतमा अनुदान परियोजनाको सहयोगी संस्था हो । जर्मन विकास बैंकमार्फत आउने सो अनुदान रकम राष्ट्रिय बाणिज्य बैंकले प्रबाह गर्नेगर्छ । ठूला,साना र मझौला सबैखाले उद्योग÷व्यवसायमा उर्जा बचतको लागि यो परियोजनामार्फत लागतको ३९ प्रतिशतसम्म अनुदानको व्यवस्था रहेको छ ।

उर्जा बचतमा अनुदान परियोजनाबाट लाभ लिन उद्योगी÷व्यवसायीहरुले आफ्नो प्रतिष्ठानले खपत गर्ने उर्जाअडिट रिपोर्ट पेश गर्नुका साथै ५० लाखभन्दा बढी लगानी भएका उद्योगहरुले बैंकबाट ऋण समेत लिएको हुनुपर्नेछ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26