ताजा खबर

एक दिवसीय विश्वकप क्रिकेट आजदेखि सुरु

   १६ जेष्ठ २०७६, बिहीबार १७:३६      2,281 views

आजदेखि एक दिवसीय विश्वकप सुरु भएको छ । इंग्ल्याण्ड र वेल्सका मैदानमा ६ हप्तासम्म सञ्चालन हुने विश्वकपको उद्घाटन बेलायती राजकुमार ह्यारीले गरेका छन् । उद्घाटन गर्दै उनले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै टिमलाई जितका लागि शुभकामना दिएका छन् ।

‘सबै टिमलाई शुभकामना । जसले यो प्रतियोगिता सञ्चालन गर्नका लागि भूमिका खेलेका छन्, उनीहरुलाई धन्यवाद, ’ राजकुमार ह्यारीले भने । ‘एक दिवसीय विश्वपको उद्घाटन गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको छु ।’

एक दिवसीय क्रिकेटको मेगा इभेन्ट आईसीसी विश्वकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग खेल्दैछ । 

इंग्ल्याण्ड टिमको ओपनिङ जेसन रोय र जोनी बेयर्स्टोले गरेका छन् । टिममा जो रुट, अइन मोर्गन, जस बट्लर, बेन स्टोक्स, मोइन अलि, क्रिस वाेक्स, अादिल रसिद, जोफ्रा आर्चर र लायम प्ल‌ंकेट छन् ।

दक्षिण अफ्रिका टिमको ओपनिङ हसिम अमला र क्विन्टन डी ककले गर्नेछन् । यसबाहेक टिममा एइडेन मरक्रम, फाफ डु प्लेसी, रस्सी भान डर डसेन, जेपी डुमिनी, एन्डिल फेलुकवायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, लु‌ंगी एनगिडी र इमरान ताहिर छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284