ताजा खबर

एनआइसी एसियाद्वारा विमा बापतको रकम हस्तान्तरण

   २३ माघ २०७६, बिहीबार ०९:०१      1,046 views

निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले मेडिकल इन्स्युरेन्स बापतको रकम हस्तान्तरण गरेको छ ।

बैंकले सञ्चालन गरेको सुपर–चमत्कारिक तलब बचत खाता खोल्ने ग्राहकलाई दिदै आएको बिमा सुविधा बापतको रकम हस्तान्तरण गरेको हो ।


नवीन मा.वि. गैह्रापाटनमा कार्यरत निर्मला कोइराला पाठकलाई बैंकका प्रदेश प्रमुख दीपेन्द्र शर्माले बुधबार एक कार्यक्रमबीच १ लाख ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । मृगौलामा ट्युमरको अपरेसन गरेबापत बिमा दावी गरेकी पाठकले उक्त रकम प्राप्त गरेकी हुन् ।


बैंकले गत वैशाखबाट सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको थियो । उक्त योजना अन्तर्गत संस्थागत तलब बचत खाता खोल्ने ग्राहकले १ लाख ५० हजार रुपैयाँसम्मको मेडिकल बिमा सेवा प्राप्त गर्दै आइरहेको शर्माले जानकारी दिए ।


बिमा रकम पाउँदा आफूलाई निकै राहत महसुस भएको पाठकले बताइन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिरोमणि लामिछानेले बिमा रकम भुक्तानी गरेर बैंकले विश्वसनीयता बढाएको बताए । विद्यालयका सम्पूर्ण कर्मचारीले एनआइसी एसियाको महेन्द्रपुल शाखामा तलब बचत खाता सञ्चालन गरिरहेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284