ताजा खबर

एन प्याव्सन कास्कीद्धारा धुर्मुस सुन्तली फाउण्डेशलाई सहयोग

   २८ पुष २०७६, सोमबार १४:४५      1,226 views

नेशनल प्याव्सन कास्कीले २२ औ स्थापना दिवसको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशन चितवनको रामपुरमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेको छ ।

नेशनल प्याव्सानले स्थापना दिवसकै दिनमा चितवनको रामपुर पुगी कास्की अध्यक्ष हेमन्त अधिकारीले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एन प्याव्सनका केन्द्रीय नेताहरु र एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका संस्थापकहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा कास्की मोडनाइज्ड एकेडेमीका संस्थापक प्रिन्सिपल रामबहादुर मोचीले विद्यालयको तर्फबाट ५१ हजार १ सय ११ रुपैयाको चेक फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका थिए ।

सहयोग रकम वुझ्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जनस्तरबाटको सहयोगले नै रंगशाला निर्माण गर्न लागेको बताए ।

‘कास्कीबाट यहाँसम्म आएर तपाईहरुले गरेको सहयोगले हामीलाई उत्साह थपेको छ’ कट्टेलले भने,‘हामी यहाँ ७७ वटै जिल्लाको संस्कृति झल्कने गरेर ७७ वटै कोठा निर्माण गर्न लागेका छौ, कास्कीबाट आएको सहयोग कास्की कक्षमा नै देखिने छ त्यसैले कास्कीबाट अझै धेरै सहयोगको अपेक्षा गरेका छौं ।’

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले धुर्मुस सुन्तली फाउण्डेशनले गरेको महान कार्यबाट प्रभावित भएर एन प्याव्सन कास्कीले रंगशाला निर्माणमा सहयोग गरेको जानकारी दिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284