
एभरेष्ट टाइम्सद्धारा पोखरेली लेखक, पत्रकार सम्मानित
युकेबाट विगत दशवर्षदेखि निरन्तर प्रकाशित एभरेष्ट टाइम्स साप्ताहिक पत्रिकाले पोखराका पत्रकार, लेखकलाई बिहीवार पोखरामा सम्मान गरेको छ।पोखरामा रही एभरेष्ट टाइम्स पत्रिकालाई समाचार, फोटो, लेख, रचना लगायत विविध ढंगले सहयोग गरेको भन्दै एभरेष्ट टाइम्सको दशौं वार्षिकोत्सवको उपलक्ष्यमा सम्मान गरिएको हो।

बरिष्ट फोटो पत्रकार सुदर्शन रञ्जित, कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक हुमबहादुर गुरुङ, तमु संसार त्रैमासिकका सम्पादक रोशनी गुरुङ, खेलकुद मञ्च कास्कीका अध्यक्ष केशव पाठक र गुरुङ साहित्य मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङ, कोषाध्यक्ष जसु गुरुङलाई एभरेष्ट टाइम्स साप्ताहिकका बरिष्ट फोटो ग्राफर मिलन तमु र अभियान फिल्मस्का निर्माता निर्देशक एवं मादी गाउपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले सम्मानपत्र र खादाले सम्मानले सम्मान गर्नुभएको हो।

यसरी नै कार्यक्रममा एभरेष्ट टाइम्स साप्ताहिकका बरिष्ट फोटो ग्राफर एवं अभियान फिल्मस्का निर्माता तथा गीतकार, संगीतकार मिलन तमुले तमु चलचित्रका वरिष्ठ कलाकारद्धारा टिकाराम घले र कल्पना गुरुङलाई जनही ५ / ५ हजार रुपैयासहित भाङ्ग्रा, क्रमु र खादाबाट उहाँको कलाकारितालाई पुरस्कृत गर्नुभएको थियो।

उक्त कार्यक्रममा बरिष्ट फोटो ग्राफर एवं अभियान फिल्मस्का निर्माता तथा गीतकार, संगीतकार मिलन तमुलाई गुरुङ साहित्यीक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङले आजीवन सदस्यता प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बरिष्ठ फोटो पत्रकार मिलन तमुले एभरेष्ट टाइम्सको युकेमा सम्पन्न १० औं वार्षिकोत्सव सम्मान गर्न छुटेका पोरखेली सहयोगी पत्रकार, लेखक र आफुले अति नै मनपराउने

कलाकारहरुलाई एकै थलो सम्मान गर्न पाउदा गौरब भएको बताउनुभयो।युकेबाट पोखरा आउदा एभरेष्ट टाइम्सको प्रतिनिधीको रुपमा सहयोगीहरुलाई सानो भेटघाट आयोजना गरी सम्मान गर्न पाउदा आफुलाई गर्व लागेको बताउनुहुदै आगामी दिनमा थप सहयोगको अपेक्षा गर्नुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका अभियान फिल्मस्का निर्माता निर्देशक एवं मादी गाउपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले जननिर्वाचित जनप्रतिनीधि भएकाले चलचित्र निर्माण कार्य केही पछि धकेलिए पनि चलचित्र बोर्डबाट दर्ता, स्विकृति प्रकृया सम्पन्न भईसकेको छ्योप्ले(ठेलो) छिट्टै नै निर्माण कार्य थालनी गरिने बताउनुभयो।निर्माण टिमका साथीहरुबाट चलचित्र निर्माणका लागि धेरै दबाव भए पनि जनताका कामलाई पहिलो प्राथमिकता दिदै आएको उहाँको भनाई थियो।

उहाँले कार्यक्रममा बरिष्ठ फोटो पत्रकार मिलन तमु पर्दा पछाडिको उत्पे्ररक भन्दै प्रसंसा गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन तमु संसार पत्रिका र मादी न्युज डट कमका सम्पादक रोशनी गुरुङले गर्नुभएको थियो भने छिट्टै युके फर्कन लाग्नु भएका वरिष्ट फोटो ग्राफर मिलन तमुलाई सहभागीहरुले खादा लगाएर शुभयात्राको कामना गरेका थिए।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26