ताजा खबर

एमाले गण्डकीद्धारा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रोलको राजीनामा माग

   १५ असार २०७९, बुधबार १३:२६      872 views

पोखरा । आन्तरिक कलहले बजेटमाथिको छलफल रोकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ ।

एमाले संसदीय दलले बुधबार पत्रकार सम्मेलन गरेर संसदबाट बजेट पास नगरी संसदीय समितिमा छलफल गर्न खोजेर संसदीय मर्यादाविपरीत काम गरेको भन्दै मार्गप्रशस्त गर्न माग गरेको हो ।

पदीय मर्यादाविपरीत गरेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आएको दल नेता पृथ्वीसुब्बा गुरुङले बताए । ‘अब प्रश्न उठिसक्यो उहाँहरूमाथि । कि राजीनामा दिएर सरकारले मार्गप्रशस्त गर्नपर्छ ।

सरकारमा बसिराख्ने, कुर्सी पनि समातिराख्ने अनि त्यो कुर्सीको मर्मअनुसार नगर्ने ?’ पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले भने, ‘राजीनामा दिनुपर्ने अवस्था आएन ? यसरी सरकार चलिराख्छ ? नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ ।’

बजेट संसदबाट नभइ अर्थ तथा विकास समितिमा लगेर छलफल गर्ने तयारी गर्नु लोकतान्त्रिक मर्मविपरीत भएको एमालेको ठहर छ । मुख्यमन्त्रीको चाहनाविपरीत अर्थमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएपछि गण्डकीमा गठबन्धनभित्रै असन्तुष्टि बढेको छ ।

‘क्याबिनेटको निर्णय नमान्ने मन्त्रीलाई राख्न मिल्छ कि मिल्दैन संसदीय व्यवस्थामा ? कुनै मन्त्रीले विरोध गर्न पाउँदैन । क्याबिनेटको मन्त्रीलाई के गर्ने मुख्यमन्त्रीको कुरा हो,’ दल नेता गुरुङले भने । आफूले सरकार नछोड्ने भए मुख्यमन्त्रीले अर्थमन्त्री फेरेर सोही पार्टीको अरु सांसदलाई मन्त्री बनाउन एमालेको सुझाव छ ।

गत १ असारमा प्रदेश सरकारले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको थियो । अर्थमन्त्रीले पूर्वाधार विकास कार्यक्रम काटेपछि सत्तारुढ गठबन्धनभित्रको असन्तुष्टिले बजेट छलफल सुरु हुन सकेको छैन । ५ असारमा बजेटमाथिको छलफल सुरु गर्न संसद बैठक बोलाइए पनि सरकारको अनुरोधमा अनिश्चितकालका लागि स्थगित भएको थियो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284