ताजा खबर

एलजी संगम क्लब हङकङबाट ‘एलिना गुरुङ जिताऔं’ अभियानलाई १ लाख सहयोग

   १४ माघ २०७७, बुधबार २०:४०      1,017 views

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको गायन रियालिटि सो वाइ वाइ नेपाल स्टारका फाइनलिष्ट एलिना गुरुङलाई विजेता बनाउन सहयोग गर्ने उद्देश्यले एलजी संगम क्लब हङकङबाट १ लाख सहयोग प्राप्त भएको छ ।

यसअघिको श्रङ्खलामा पनि पटक पटक भोट गरेर सहयोग गर्दै आएको एलजी संगम क्लब हङकङले यसपटक फाइनल चरणको लागि थप सहयोग स्वरुप १ लाख रुपैंयाँ सहयोग गरेको हो । हङकङमा युवा समाजसेवी खम गुरुङ (सरोज) को नेतृत्वमा सो रहम संकलन गरिएको थियो ।


आज हङकङबाट प्राप्त भएको रकम संगम क्लब पोखराका अध्यक्ष राजु गुरुङले एलिना जिताऔ अभियान समितिका संयोजक मेनकाजी गुरुङ र एलिनाकी आमा श्याममाया गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।


पोखरा १३ मा रहेको संगम क्लबले गएको साता मात्रै एलिना फाइनलमा प्रवेश गरेसँगै गृहनगरमा आउने बेला वृहत मोटर साइकल रयालीको संयोजन तथा व्यवस्थापन गरेको थियो भने अब एलिनाले प्रतियोगिता जितेको खण्डमा फेरि पनि विजय रयालीमा यसरी नै सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284