ताजा खबर

ए डिभिजनको लिगको ट्रफी उठाउँदै मनाङ

   २४ पुष २०७५, मंगलवार ०९:११      1,101 views

ए डिभिजन लिगमा दुई खेल अगावै च्याम्पियन बनिसकेको मनाङ मर्स्याङदी क्लबले मंगलबार ट्रफी उठाउँदैछ ।

फ्रेन्ड्सविरुद्ध हुने मंगलबारको अन्तिम खेलमा उसलाई नतिजाले असर पर्ने छैन । तर पनि जित हासिल गरेको खण्डमा उसले एउटा कीर्तिमान राख्नेछ । त्यो हो, शतप्रतिशत जित । लिगमा शतप्रतिशत जित निकालेर ३६ अंक जोडेको मनाङ अब एक जितबाट टाढा छ ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले लिग जितिसकेको अवस्थामा शतप्रतिशत जितको कीर्तिमानका लागि खेल्ने बताएका छन् । जारी लिगमा फ्रेन्ड्सको कमजोर प्रदर्शन भइरहँदा मनाङका लागि कीर्तिमानी यात्रा सहज हुन सक्छ ।

झण्डै पाँच वर्षको अन्तरालमा गएको असोज १३ गतेदेखि सुरु भएको ए डिभिजन लिग ३ महिना १० दिनपछि मंगलबार सकिन लागेको हो । रेलिगेसनको व्यवस्था नभएको तथा पुरस्कार राशी पनि अघिल्लो संस्करणभन्दा घटाइएको यो लिग सुरुआतदेखि विवादित बनेको हो । पाँच वर्षको अन्तरालमा भए पनि एन्फाले लिग सुरु गर्न सकेको छ ।

लिगमा शीर्ष ६ टोलीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । लिगको विजेता मनाङले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो स्थान सुरक्षित गरेको संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख, पाँचौं भएको एपीएफले ७ लाख र छैटौं भएको नेपाल पुलिसले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही एक एक थान मोटरसाइकल पुरस्कार पाउनेछन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284