ताजा खबर

कमल र राजु ३५ वर्ष माथिको उपाधीका लागि भिड्ने

   १४ पुष २०७५, शनिबार १२:४७      2,355 views

SONY DSC

नेपालका शिर्ष वरियता खेलाडी कमल भण्डारी र गोरखाका राजु श्रेष्ठ पोखरामा जारी १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकल उपाधीका लागि भिड्ने भएका छन् ।कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा कमलले छेवाङ लामालाई ६–१, ६–१ ले तथा राजु श्रेष्ठले महेश श्रेष्ठलाई ६–२, ६–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

४५ वर्ष माथिको एकलतर्फको उपाधीका लागि चिर परिचित प्रतिद्वन्दि धरमबहादुर लामिछाने र विमल गुरुङ्ग भिड्ने भएका छन् । धरमले अनु जोनलाई ६–४, ७–६ ले तथा विमलले विकाश गुरुङ्गलाई ४–६, ६–१ र सुपरटाईमा १०–४ ले पािजित गर्दै धरमसंगको भिडन्त निश्चित गरेका हुन् ।

५५ वर्ष माथिको एकलफर्त प्रदिप शाहले अनिल तुलाचनलाई ६–२, ६–३ ले पराजित गरेका छन् । ४५ वर्ष माथिको डबल्सफर्त धरमबहादुर लामिछाने र बिमल गुरुङ्गको जोडीले फाइनलमा स्थान बनाएको छ । मनोज राणा र आशिष सिग्देलको जोडीलाई ६–१, ६–४ ले पराजित गर्दै लामिछाने जोडीले फाइनलमा स्थान बनाएका हुन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284