ताजा खबर

कमिसनको खेलले लोकतन्त्र धरापमा, पौडेल

   १ असार २०७६, आईतवार १८:११      1,089 views

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक संरक्षणमा ठूला भ्रष्टाचार बढ्दै गएको बताएका छन् । कमिसनको खेलमा लोकतन्त्र र जनतालाई कमजोर बनाउने शैलीमा अर्थतन्त्र नै धरापमा पार्न सरकार लागिपरेको बताएका हुन् ।

नेता पौडेलले कमिसनको चक्करमा मेलम्ची, अपर तामाकोशी, बुढीगण्डकी जस्ता ठूला आयोजनामा सरकारले चलखेल गरेको बताए ।


शैलजा आचार्य आदर्श समाजद्वारा आयोजित भ्रष्टाचार बिरुद्ध नागरिक अभियान कार्यक्रममा नेता पौडेलले कांग्रेसले देश, लोकतन्त्र र नेपाली जनतालाई डुब्नबाट जोगाउने बताए । २ तिहाईको दम्भमा अदालत र अख्तियारलाई कमजोर बनाउँदै आफू अनुकुल बनाउँदै लगेकोमा आपत्ति जनाए । उनले भने, ‘अदालत र अख्तिायारलाई कांग्रेसको साथ छ, दोषीलाई नछोड्नुहोस् ।’ नेता पौडेलले भने, ‘दोषीलाई कारवाही गर्न जनताले नै साथ दिनु पर्छ, तपाइँहरु भन्नुहोस् अख्तियारलाई हाम्रो साथ छ भनेर ।’


साना कर्मचारीलाई केही रकममा कारवाही गरेको देखाउनेमात्र काम अख्तियारको काम नभएको बताउँदै नेता पौडलले भने, ‘शक्ति र सत्तासँग डराउनु दुखद भएको बताए ।

कम्युनिस्टले जनतालाई राहत दिन नसक्ने ठोकुवा गर्दै राष्ट्रको जीवनमा देखा परेको संकटलाई पार गर्न भ्रष्टाचार विरोधी अभियान तल्लो तहसम्म पु¥याउनु पर्नेमा जोड दिए । नेपाली कांग्रेस आफैले बनाएको कानुनमा आफ्नै नेता परे पनि नछोडेको बताउँदै वर्तमान ओली सरकार भ्रष्टाचारीको सरंक्षण र बचाउमा लागेको आरोप लगाए । प्रजातन्त्रलाई कमजोर बनाउन सिद्धान्त र नीति विपरीत काम गरे पनि भ्रष्टाचार हुने बताउँदै नेता पौडेलले नीतिगत भ्रष्टाचार निरुत्साहित गर्नु पर्नेमा जोड दिए ।


देशलाई असफल बनाउने खेलमा नेपाली कम्युनिस्ट लागिपरेको उदाहरण दिँदै नेता पौडेलले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार र जनतामैत्री भएर काम गर्न निर्देशन दिए ।
नेता पौडेलले भ्रष्टाचारमा नडुबेको पार्टी नेपाली कांग्रेस भएको उल्लेख गर्दै कम्युनिस्टले लगाउने आरोप मिथ्या प्रमाणित हुँदै गएको बताए ।


आदर्श समाजकी नेतृ कमला पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बुद्धिजीवी हरिबहादुर थापाले शैलजा आचार्य आदर्श नारी भएको उल्लेख गरे । कृषि मन्त्रालय सम्हाल्दा नेतृ आचार्यले भ्रष्टाचारमा मन्त्रालय डुबेको भन्दै राजीनामा दिनुले राजनीतिक नैतिकता उच्च भएको बताए ।


कार्यक्रममा कांग्रेस नेता तारानाथ रानाभाटले पञ्चालयकालमा भन्दा सय गुणा भ्रष्टाचार बढेको आरोप लगाए । जनमतलाई लत्याउनु ठूलो भ्रष्टाचार भएको प्रसंग कोट्याउँदै धर्म, संस्कृति र लोकतन्त्रमाथि भएको खतरा हटाउन शैलजा आचार्य आदर्श समाजले देशभर भण्डाफोर अभियान सुरु गर्न अनुरोध गरे ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284