ताजा खबर

कमेडियन खड्गबहादुर पुन (खगपु) लाई जिताउन पोखरामा १ लाख ५० हजार संकलन

   २७ फाल्गुन २०७६, मंगलवार १८:५८      1,486 views

जुना थापा


कान्तिपुर टेलिभिजनद्धारा प्रशारित कमेडी रियालिटी शो कमेडी च्याम्पियनका प्रतिस्पर्धी खड्गबहादुर पुन (खबपु)लाई जिताउन पोखरामा रु १ लाख ५० हजार संकलन भएको छ ।


उत्कृष्ट ३ मा पर्न सफल रोल्पाली कमेडियन खड्गबहादुर पुन ( खगपु ) आफ्नो लागि भोट माग्दै पोखरा आएका हुन् । उनले वाइल्ड कार्डमार्फत शोमा पुन पठाएर उत्कृष्ट ३ मा पुर्यानुभएकोमा दर्शकलाई धन्यवाद दिँदै अब विजेता बनाउन अन्तिम र निणार्यक भोटको अपेक्षा गर्दै पोखरा आएको बताउनुभयो । कला, साहित्य र सङ्गीतको उर्वर भूमिका पोखरेली दर्शकले विगतका विभिन्न रियालिटी शोहरुमा कलाकारहरुलाई  जिताएर कलाको माया प्रर्दशन र प्रमाणित गरेकाले आफूलाई पनि यस शोमा जिताउनु हुनेमा ढुक्क रहेका बताउनुभयो ।


राप्ति पोखरा सम्पर्क समाजको आयोजनामा मगरसंघ रङ्गशालाको हलमा भएको विभिन्न सांस्कृतिक कार्यक्रममा र वरपीपल दोहोरी साँझमा उनले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई हँसाएका थिए । सो सांस्कृतिक कार्यक्रममा रु १ लाख र वरपीपल दोहारी साँझको प्रस्तुति मन पराएर दर्शक र दोहोरी  ५० हजार संकलन भएको कार्यक्रम संयोजक प्रसाद बुढाले जानकारी दिनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति गण्डकीका अध्यक्ष खेम पुनले जनजाति समुदायको रगतमै कला, गीत,संगीत हुने तर चाडपर्व, बिहे, पूजाआजामा मात्र कला प्रस्फुटन गरेर पछि परेकाले कलालाई व्यवसायिक रुपमा पनि लाग्नुपर्नेमा जोड दिनुभयो । खगपु त्यसैको एक उदाहरण भएकाले अब उनलाई जिताएर हौसला प्रदान गर्ने हाम्रो जिम्मेवारी भएको बताउनुभयो ।


कार्यक्रम संयोजक प्रसाद बुढाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ति कलाकारहरुको नृत्य, गीत भएको र नौमति बाजासहि खगपु र कमेडी शोमा टप ८ मा पर्न सफल अनिल राईलाई भव्य स्वागत गरिएको ब्सहसंयोजक वीरसिंह बुढाले जानकारी दिनुभयो । 

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284