ताजा खबर

कर्मशिलको निशुल्क स्वास्थ्य परीक्षण एवम् रक्तदान

   २३ असार २०७६, सोमबार १०:१४      1,214 views

कर्मशिल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना एवम् लायन्स क्लब अफ पोखरा पिस टाउन र शान्ति रुपा बराह थोक तमु समाजको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं ३२ खोलाको छेउमा आयोजित स्वास्थ्य परीक्षणमा दुई सय ४२ जनाको स्वास्थ्य परीक्षण गरियो भने ३४ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो । रक्तदान कार्यक्रको संघीय सांसद खगराज अधिकारीले लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष गीता कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभयो ।


कार्यक्रममा सांसद अधिकारीले सहकारीले रक्तदान एवम् स्वास्थ्य परीक्षण गरी सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो ।

सहकारीका सञ्चालक सदस्य गोविन्द गौतमका अनुसार मनिपाल अस्पतालका फिजिसियन डा. लेखनाथ लम्साल नेतृत्वको सात सदस्यीय चिकित्सक टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284