ताजा खबर

कर तिर्न एनसेललाई अखिल क्रान्तिकारी गण्डकी प्रदेशको दबाब

   १७ बैशाख २०७६, मंगलवार ०९:५७      2,294 views

एनसेल ले कर नतिरेको भन्दै अखिल क्रान्तीकारी प्रदेश नं ४ ले पोखरा स्थित एनसेल सेन्टरमा ‘एनसेल कर कहिले तिर्ने’ ?? भनेर लेखिएको बोर्ड टाँसेका छन् ।

सर्बोच्च अदालतले तत्काल कर नतिर्न आदेश दिए संगै पछिल्ला दिनहरुमा जन दवाब बढ्दै गईरहेको बेला सरकारकै भातृ संगठन अखिल क्रान्तीकारीले संकेतिक बिरोध स्वरुप कर कहिले तिर्ने भनेर प्रश्न गर्दै होर्डिङ बोर्ड राखेको हो ।

एनसेल कार्यालय संगै जोडेर खर्वदारी बोर्ड टासेपछि बोल्दै अखिल क्रान्तीकारी गण्डकी प्रदेशका संयोजक क्षितिज सापकोटाले एनसेलले कर नतिरेकोले दवाव स्वरुप क्षत्रीय कार्यालयमा खवरदारी गर्न बोर्ड टाँसेको बताउनु भयो ।

सामाजिक संजालहरुमा ब्यापक बिरोध भईरहे पनि सबै सेवाग्राहि सामाजिक संजालमा नजोडिएकोले सवैलाई जानकारीको लागि बोर्ड राखिएको बताउदै, जो सुकैले पनि संविधान र कानुनको दायरामा रहेर ब्यवसाय गर्न पाउने हुदा एनसेलले पनि कुनै बाहनावाजि नगरि कर तिर्न आह्वान गर्नुभयो ।

अखिल क्रान्तीकारीको केन्द्रीय सचिव समेत रहनु भएको नेता सापकोटाले घुमाउरो भाषामा आँफुहरु बिस्तारै एनसेलको नजिक नजिक आएको बताउदै एनसेल को भित्रै छिर्ने अवस्था आए पछुताउनु बाहेक कुनै बिकल्प नरहने र त्यो समयमा एनसेललाई नेपाल बाटै बहिस्कार गर्ने चेतावनि दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284